
११ फागुन, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको छ। सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा सुरु भएको भेटमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका नेता घनश्याम भुसाल पनि सहभागी छन् ।
पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनका सन्दर्भमा दुबै नेताबीच छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। चुनावपूर्वको गठबन्धन ब्यूताउँने प्रयास भइरहेको बेला प्रधानमन्त्री दाहाल र नेपालबीचको यो भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ।
बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री दाहालबीचकाे भेटमा पनि चुनावपूर्वको गठबन्धन ब्यूताउने सहमति भएको थियो।