
सिडनी, अष्ट्रेलिया ।
अष्ट्रेलिया अहिले नेपाली बिध्यार्थीहरूको सपनाको सहरको रुपमा चिर परिचित छ भन्ने कुरामा खासै फरक नपर्ला आफ्नो बिद्यालय काल नेपालमा पूर्ण गरेपछी गन्तव्यको रुपमा अष्ट्रेलियालाई लीने गरेको पाइएको छ । यसका कारण अष्ट्रेलियामा अहिले नेपालीहरूको संख्यामा तीव्र बृद्धि रहेको पनी छ ।
आफ्नो धर्म, संस्कार, संस्कृति अनी रीतिरिवाज संसारको जहाँ पुगे पनी रही नै रहने कुरा हो भन्नेमा दुईमत छैन।
यसैले पनी बिदेशमा हिन्दू परम्परा अनुसार गरीने कर्मकाण्डको निम्ति पण्डितको आवश्यक हुंछ नै यही आवश्यकता पुरा गर्ने हरू मध्यका एक हुन युवा ज्योतिष पण्डित प्रकाश गैरे । उनी उमेरले अष्ट्रेलिया कै कान्छो ज्योतिष पण्डितको रुपमा प्रख्यात छन । उनी आफ्नो नाम जस्तै उज्यालो, मिजासिलो अनी परिपक्व छन ।
पहाड़ घर बागलुंग भए पनी हाल लाई स्थायी बसोबास चितवन रहेको र करिव ४ वर्ष अघी अन्तराष्ट्रिय बिध्यार्थीको रुपमा उनी अष्ट्रेलिया प्रवेश गरेका थिए ।
भारतको बृन्दाबन अनी नेपालको देबघाटमा रहेको गुरुकुलमा रहेर उनले आफ्नो अध्ययन पूरा गरेका हुन । उनले अष्ट्रेलियामा कानुन बिषयमा स्नातक समेत गरेका छन ।
नेपाली समाज मात्र नभईकन भारतीय समाज संग समेत उनले नजीक रहेंर काम गरेको बताऊछन । बिसेश गरी नेपाली समाजमा सानो उमेरको पण्डितको रुपमा कसैको बारे चर्चा गर्नुपूर्व उनको नाम आऊने गरेको छ ।
सन २०१८ मा आयोजना भएको ४ औ दक्षिण एसियन एष्ट्रों कनफ़्रेन्स मा माता बिन्ध्यबासिनी सम्मान बाट समेत सम्मानित भएका छन । सोही वर्ष २०१८ मा उनले सर्बोत्कृष्ट युवा ज्योतिष सम्मान बाट समेत सम्मान प्राप्त गरेका थिए । यो संगै उनी बिभिन्न नेपाली संघ संस्था बाट नेपाली समाजमा पुर्याएको योगदान स्वरूप कैयौ पटक सम्मानित समेत भईसकेका छन भने सामाजिक भावनाले ओतप्रोत उनी बिभिन्न सामाजिक संस्थामा समेत आवद्ध छन ।
उनले २०२२ को अक्टोबर अनी नोभेम्बरमा अष्ट्रेलिया टूर समेत गरीसकेका छन उनी उक्त टूरमा बैदिक गोष्ठी अनी बिवाह, ब्रतबन्ध, घर पुजा लगायतको कार्य समेत गरेका थीए ।
नेपाली समाजको उल्लेख्य साथ अनी मायाले यहाँ सम्म आईपूगेको उनी बताऊ छन । अष्ट्रेलियामा जन्मीएका अनी हुर्केका नयाँ पुस्ताका नेपालीहरू लाई आफ्नो धर्म, संस्कारको बारेमा औपचारिक ज्ञान प्रदान गर्ने उनको उद्देश्य समेत रहेको बताएका छन यसै सम्दर्भमा बिभिन्न कलेजहरू गई आफ्नो उद्देश्य अनी नेपाली समाज प्रतीकों धर्म सम्बन्धी दायित्वको बारेमा आफ्नो धारणा व्यक्त गरेको बताऊछन ।
केवल कर्म काण्डमा मात्र सीमित नभई औपचारिक रुपमा हिन्दू धर्मलाई संरक्षण गर्नको निम्ति आवश्यकीय अध्ययनको समेत आवश्यक रहेको बताए । उनलाई बिश्वपाटी संवाददाता ले गरीएको प्रश्नमा तपाइको प्रेरणाको श्रोत चाही? “मेरो बुवा ज्योतिष भीम प्रसाद गैरे बुवा पनी ज्योतिष भएका कारणले सानो उमेर देखी त्यही रहन-सहनमा हुर्किए अनी त्यहीमा रुचि जाग्यो र लागे पनी राम्रो भएको छ अहिले सम्म यति हो आउने नयाँ पुस्तालाई धर्मको बारेमा बिज्ञान अनी बैदिकको समिश्रण सहित के कसरी प्रचार र संरक्षण गर्न सकीने कुरामा चासो रहेको छ “ उनले बताए ।
उनी हाल अष्ट्रेलियाको साउथ अष्ट्रेलिया राज्य एड़ीलेडमा केही समय अघी मात्र सरेका छन अब उनी एडिलेड देखी आफ्नो सेवाहरू प्रदान गर्ने भएका छन ।
संवादक- तपाई संग पनी यदि केही बिषय बस्तु प्रकाशन गर्नु छ भने कृपया हामीलाई समझनुहोस ।