२०८१ माघ २७ आईतवार

कान्तिपुर मिडियाको सबै बैंक खाता रोक्का ।

कान्तिपुर मिडियाको सबै बैंक खाता रोक्का ।

काठमाडौं ।

कान्तिपुर मिडिया ग्रुपका सबै बैंक खाताहरु रोकिएका छन् । श्रम अदालतको फैसला कार्यान्वयनका क्रममा राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई कान्तिपुर मिडिया ग्रुपका सबै बैंक खाता रोक्का गरिएको हो ।

‘श्रम अदालतको फैसलाअनुसार हामीले कान्तिपुर मिडिया ग्रुपका सबै बैंक खाता रोक्का गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिइसकेका छौं,’ राष्ट्र बैंक स्रोतले क्लिकमाण्डुसँग भन्यो ।

कान्तिपुरमा कार्यतर यदुप्रसाद पोखरेलसहित तीन जनाले श्रम अदालतमा दायर गरेको मुद्दाको पक्षमा फैसला भएपछि उक्त फैसला कार्यान्वयनका लागि कान्तिपुरको स्थायी लेखा नम्बर (प्यान नम्बर) उल्लेख गरेर खोलिएका सबै खाता रोक्का गरिएको हो ।

२०७९ फाल्गुन २९, सोमबार प्रकाशित 0 Minutes 342 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।