२०८१ माघ १३ आईतवार

जुत्ता चप्पल मेला बन्द गर्न माग गर्दै सिडियोलाई ज्ञापन

जुत्ता चप्पल मेला बन्द गर्न माग गर्दै सिडियोलाई ज्ञापन ॥

भरतपुर । चितवन जुत्ता चप्पल मेला रोक्न माग गर्दै फेन्सी व्यवसायी संघ चितवनले आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । औद्योगिक प्रदर्शनी केन्द्रमा फागुन १७ गतेदेखि सञ्चालित मेलाका कारण साना व्यवसायीहरु व्यवसायबाटै पलायन हुने अवस्था आएको भन्दै संघले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको ध्यानाकर्षण गराएका हुन् ।

मेलाले चितवनमा व्यवसाय गरिरहेका फेन्सी व्यवसायीलाई प्रत्यक्ष असर गरेको व्यवसायीको गुनासो छ । नेपाली उत्पादनको प्रबद्र्धन हुनु सकारात्मक पक्ष भएपनि व्यवसायीका गोदाममा जुत्ता चप्पल विक्री नभई थन्किएको अवस्थामा उद्योगले ज्यादै न्युन दर राखेर मेलामा जुत्ता चप्पल विक्री गर्दा व्यवसायीलाई असर पुगेको उनीहरुको भनाइ छ ।

‘चितवन जुत्ता चप्पल मेला तत्काल बन्द गराई हामी साना व्यवसायीलाई सहज रुपमा व्यवसाय सञ्चालन गरी व्यवसायबाट पलायन हुने अवस्थाको अन्त्य गर्नुहुनको लागि ज्ञापन पत्र पेश गर्दछौँ’, सिडियोलाई बुझाइएको ज्ञापन पत्रमा उल्लेख छ । मेला लामो समयसम्म चल्दा कर तिरेर बसेका व्यवसायीलाई असर पुगेकोमा आफु जानकार रहेको सिडियो पौडेलले बताए।

२०७९ फाल्गुन २९, सोमबार प्रकाशित 0 Minutes 180 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।