२०८० फाल्गुन १३ आईतवार

रहर गरेर मात्रै हुन्न अष्ट्रेलिया कस्तो छ भोग्नेलाई मात्र थाहा हुन्छ !

रहर गरेर मात्रै हुन्न अष्ट्रेलिया कस्तो छ भोग्नेलाई मात्र थाहा हुन्छ !

सिडनी, अस्ट्रेलिया  :- नेपाल रास्ट्र बैंकमा कार्यरत थिए सन्तोष। बुढी लाई नेपालको कमाईले पिलोनै आयो। भत्भती पोलेर नेपाल बस्ने ईच्छा मरेर आयो। एकै चोटी ठुलो भाग हात पार्ने महत्वा कान्छी सपना बुन्दै ढल्किदै गएको उमेरमा नयाँ उर्जा समेटेर अस्ट्रेलीया होमीने ईच्छा ब्यक्त गरे।

अझ ति दाई भन्दा बढी त भाउजु हौसिएर खपीसक्नु थिएन। सन्तोषलाई त खासै जान मन थिएन।उनी त भन्दै थिए भो नजाउ ढल्किदै गएको उमेर छ।आप्रवासीका झन् झन् कडाई गर्दै छ।

भोली घरको न घाटको होईन्छ बोरु अव यतै तिमी पनि केही काम गर। ठुलो सपना नबुनौ। आफ्नै देशमा पौरख गरौ। जिवनलाई सहज बनाउन यतै केही गरे पनि भई हाल्यो नि।बोली भुईमा पर्न नपाउँदै भाउजु जरक्क पर्दै दाईलाई भन्न लागिन्। नाप्यौ तिम्रो बिस तिस हजारको जागिरले। एउटा टालो टाल्न त पुग्या छैन। गर्यौ रमाईलो यहि जागिर खाएर।

अस्ति जस्तो लाग्छ मोनिका गएकी। हेर्नु त कति मोज गरेर हिडेकी छ। क्या सान छ त्यसको । गाडीमा हिड्छन् जोडी नारिएर। अब पिआरको प्रोसेसमा छे रे।अस्ति ग्रेजुएसनमा आमा बालाई लगेर तिन महिना सिड्नी, मेल्बोर्न, गोल्डकोस्ट अनि तास्मानिया घुमाएर पठाई। गफ गरेको सुन्ने हो भने यति डाह लागेर आउँछ।

कमाई मात्र जोडीको नेपाली चार पाँच लाख छ रे। बेलैमा बद्दी पुराएर गई र त अहिले मोज गरेर बसेकी छ।हेर्दा हेर्दै अब Aussie हुन्छे। टलक्क कालो चस्मा ढल्काएर नेपाल आउँदा हेर्नेको लाईन हुन्छ।

आफु भने सरकारी जागिरे केटो भनेर बिहे गरे। के गर्नु नामले, साप्नी भएर मोज गर्न नपाईने रहेछ। त्यहि माथि घरको लुते धन्दा। बिहान उठे देखी टुसुक्क बस्न पाईन्न। न गरेको देखिने न कठैबरा गरिस् नै भन्ने।

बुढीको किचकिच खप्न नसके पछि अन्ततः अस्ट्रेलीया आउने तयारीमा लागे। डकुमेन्टहरु सबै तयार भए। केही ससुरालीको सहयोगमा पैसाको जोरजाम पनि भयो। केही समयको अन्तराल पछि भिसा आयो।अस्ट्रेलीया सोचे जस्तो कहाँ पो छ र। यताबाट बढाईचढाई गफ गरेको कतिलाई त पत्तै हुँदैन।हाम्रो अर्को उदेक लाग्दो बानी। कति कमाउछस् बा – कमाउछु हप्ताको पाँच सय। हिसाब गरि हाल्यो। पाँच सय अहिलेको रेट ८२ रुपयाँ।

आम्मम्मा महिनाको दुई लाखको हाराहारीमा कमाउँदो रहेछ। हेर त बुढा दुई जनाले त चार लाख कमाईने रहेछ। पछाडीको खर्चको हिसाब हुँदैन।उठे देखी सुते सम्म कति खर्च हुन्छ त्यसको लेखाजोखा गरिन्न। कोठा भाडा देखी कलेजलाई तिर्न पर्ने फिको पनि खासै वास्ता हुँदैन। एउटै ध्याउन्न हुन्छ अस्ट्रेलीया जाने।

जब आईन्छ अनि देखिन्छ टमले तारा देखे जस्तो दिउँसै तारा। बस्ने ठाउँ देखी सुत्ने ओच्छ्यान सम्मको तर्जुमा। खाने रासन देखी ट्रेनको टिकट। कोठा भाडा र बोन्ड अनि आँखा झिमीक्क गर्दा सकिने महिना। पेट पोल्ने मात्र होईन ग्याँस निस्केर एसिडीटीनै बढ्छ।

दिन भरि कामको हन्टीङ। हप्तौको मेहिनेत, पसिना अनि ट्रेनको टिकट काटेर हिड्दा केही उपलब्धी नहुँदा जोरोनै फुट्छ। अन्तत: जे जस्तो काम भएनी गर्छु भन्ने मनसाया पुगे पछि लौ न जस्तो भएनी काम गर्छु भन्दै दशथरीका नेपालीले खोलेका काम पोस्ट गर्ने पेजलाई फलो गर्यो।

बल्ल बल्ल ट्राईलमा बोलाउँछ। सिन्को नभाँचेको ज्यान कसरि गर्नु ति काम। बुढाले त भन्या हुन् नि नजाउँ भनेर। के गर्ने डलरको भुतले ठुलो भाग खोज्दा आझ हरेक दिन तनाबमा गुज्रिएको छ भाउजुको।अस्ट्रेलीया आउने जो कोहीले पनि आफ्नो कमनसेन्स मात्र प्रयोग गरे नि त्यस्तो हतोत्साही भई हाल्न पर्दैन थियो।यहाँ भन्न खोजिएको के भने अरुको देखासिकी गरेर, एक्कै चोटी ठुलो भाग कुम्ल्याउँछु भन्ने सोच लिएर नआएको नै बेश।

अलिकती पोख्त, पुराना अनि सहि सुझाब दिने सँग सोचबिचार गरेर आउँदा भने बेशनै होला। घुम्ने कुर्सीमा हल्लीएर दङ्गाएर बसे जस्तो चाही नहोला अस्ट्रेलीयाको यात्रा बिचार गरौ। Ashish Pradhan

२०७९ चैत्र २१, मंगलवार प्रकाशित 1 Minute 436 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार