काठमाडाैं । पूर्व बैंकर तथा अर्थविद विश्वमोहन अधिकारी युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशक नियुक्त भएका छन् । बुधबार बसेकाे मन्त्रिपरिषद् बैठकले कास्कीका अधिकारीलाई काेषकाे कार्यकारी निर्देशकमा नियुक्त गरेकाे हाे ।
खुल्ला प्रतिस्पर्धामा अधिकारी उक्त पदका लागि पहिलो नम्बरमा सिफारिस भएका थिए ।
विभिन्न बैंकमा गरेर २५ वर्ष काम गरेका अधिकारीले तत्कालीन सिटी विकास बैंकका साथै सिटी विकास बैंक र ओम फाइनान्स मिलेर बनेकाे ओम डेभलपमेन्ट बैंकमा गरी १५ वर्ष प्रमुख कार्यकारी अधिकृतकाे रूपमा काम गरेका थिए । बैंकरका साथै उनी कलेजका प्राध्यापक पनि हुन् । उनी त्रिभुवन विश्वविद्यालय अन्तर्गतकाे जनप्रिय बहुमुखी क्याम्पसमा इन्टरपेनरसिप र बैकिङ विषयमा अध्यापन गराउँछन् ।