
एनआरएनए न्यु साउथ वेल्स युवा संयोजकमा बिनोद खड़काको दबदबा ।
सिडनी अष्ट्रेलिया ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया न्यु साउथ वेल्स राज्य कमिटीको युवा संयोजकको लागी टिम परिवर्तनको तर्फबाट बिनोद खड़काले उम्मेदवारी घोषणा गरेका छन्। (जुलाई २ तारिख आईतबार) सिड्नीमा टिम परिवर्तन उम्मेदवार घोषणा सभा बीच खड़काले आगामी २०२३–२५ सम्मको कार्यकालका लागि उम्मेदवारी दिएका हुन्।
अष्ट्रेलियाको सिडनीलाई कर्मथलो बनाउदै बिगत लामो समय देखी युवाहरू बीच खेलकुद क्षेत्रलाई बिशेष फ़ोकस गरेर समाजमा युवाहरू लाई जागरुक गर्ने देखी, सामाजिक भावना जगाउने, करियर फ़ोकस कार्य, स्वास्थ्य प्रति लगाव आदि कुराहरूमा उनको लामो अनुभव रहेको छ । त्यो अनुभवलाई उनले एन आर एन ए मार्फत समाजमा युवाहरू मार्फत उजागर गर्ने बताएका छन ।
उम्मेदवारी घोषणा पश्चात खड़काले नेपाल बाट आफ्नो उज्ज्वल भविष्यको लागी अष्ट्रेलिया आउदा यहाँ परिवार बाट टाढ़ा हरेक व्यवहार, पढ़ाई, काम, परिवार आदि यस्तै खालका समस्याहरू संग जुध्न, लड़न र आफुमा निर्भर रहनका लागी त्यो स्तर सम्मको तयारी गर्ने काम एनआरएन को समेत हो बताए । बिध्यार्थी, युवा, अनी नेपाली समुदायको निम्ति युवा साथीहरूलाई काम सम्बन्धी तालीम, कुलत देखी टाढ़ा, पढ़ाई सम्बन्धी सेमिनार, खेलकुद आदि क्षेत्रमा रही काम गर्नुको बिकल्प नरहेको बताए। उनले अष्ट्रेलियामा नयाँ पीढ़ीले एनआरएनए बाट रचनात्मक काम होस भन्ने चाहना रहेको समेत बताए ।
उनले एनआरएनएको निर्वाचनमा बाट युवा सदस्यमा आफु उम्मेदवार रही रहदा यहाँ रहेका युवाको हरेक समस्यालाई आफुले प्रत्यक्ष बुझेको र सोही अनुरूप काम गर्न सकने क्षमता र बिश्वास रहेको समेत बिश्वपाटीलाई बताए। संस्थाको साख जोगाऊनका निम्ति सम्पूर्ण मतदाताहरूमा टिम परिवर्तनलाई भोट गरी बिजयी गराऊनु हुन अनुरोध संगै आग्रह गरेका छन ।
खड़का शारीरिक सुगठन क्षेत्रमा समेत आवद्ध छन, उनी बिभिन्न युवा बिशेष कार्यक्रमहरू खेलकुद, शारीरिक सुगठन लगायतमा भाग समेत लिएका छन ।
उक्त उम्मेदवार घोषणा सभामा समाजका पुराना व्यवसायी, समाजसेवी, पूर्व एनआरएनमा रहेका लामो समय काम गरेका व्यक्तिहरू, युवाहरू र एनएसडब्लु संगै अष्ट्रेलियामा रहेका विभिन्न संघ संस्थाका पदाधिकारी र प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।
टिम परिवर्तनको तर्फबाट अध्यक्षको रुपमा नेपाली समाजमा चिर परिचित एवं सामाजिक व्यक्ति देब बहादुर गुरुंग र महासचिवमा बिगत १ दशक भंदा लामो समय एनआरएनए मा काम गारिसकेकी महिला आवाजको नेतृत्व समाजसेवी उषा किरण बारिया रहेकी छन भने न्यु साउथ वेल्स राज्यको संयोजकको लागी अशोक उप्रेती रहेका छन। यो संगै रकडेल निबासी सामाजिक अभियन्ता राकेश पौडेलद्वारा टिम परिवर्तनको बाट युवा संयोजकमा बिनोद खड़काको जीत पक्का रहेको कुरा बिश्वपाटीलाई बताए ।
एनआरएनए अष्ट्रेलियाको २०२३-२०२५ को नयाँ नेतृत्व चयनका लागि आगामी जुलाई २९ तारिखमा निर्वाचन हुँदैछ।