२०८१ चैत्र ८ शुक्रबार

पोखराका व्यवसायी अशोक खड़का सहित ५० औ युवाहरू रास्ट्रिय युवा संघमा प्रवेश ।

पोखराका युवा ब्यबसायी अशोक खड्काको नेतृत्वमा ५८ जना युवाहरू विभिन्न पार्टी परित्याग गरी राष्ट्रिय युवा संघ नेपालमा प्रबेश गरेका छन् ।

राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको आयोजनामा आज ५८ जना युवाहरु एमालेमा प्रवेश गरेका हुन । नवप्रवेशीलाई नेकपा एमालेका पार्टी सचिव तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले खादा लगाएर स्वागत गर्नुभयो । त्यस्तै नवप्रवेशीलाई गण्डकी प्रदेशका सांसद तथा युवा संघका पूर्व अध्यक्ष राजिव पहारीले टीका लगाएर स्वागत गर्नुभयो भने संघका गण्डकी प्रदेशका अध्यक्ष महेन्द्र गुरुङ ले युवा संघका सदस्यता पत्र प्रदान गरेका थिए साथै रास्ट्रिय युवा संघ कास्की ज़िल्ला कमिटी अध्यक्ष पान बहादुर जिसिले स्वागत गरेका थिए ।

नवप्रवेशीलाई स्वागत गर्दै नेता गुरुङले समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थकतामा पुर्याउन एमालेको अर्को विकल्पमा कुनै पनि राजनीतिक दल नभएको दावी गर्दै एमालेका युवाहरुले मुलुकलाई नयाँ गतिमा लैजान महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले नवप्रवेशीको योग्यता, क्षमता तथा दक्षताको आधारमा पार्टीले उचित जिम्मेवारी दिने समेत बताउनुभयो ।

प्रदेश सांसद राजीव पहारीले हिजोको जस्तो युवाहरूले अब देशको लागी ढूँगा टायर हुलहुज्जत गर्नुपर्ने अवस्था छैन अबको युवा शिक्षित, नया कुराको रचना अनी बिगतको बिरासतालाई जोगाउनु पर्ने कर्तव्य र पार्टी मजबुत बनाउन हरेक टोलटोल बाट लाग्न आग्रह गरेका थिए ।

त्यस्तै कार्यक्रमको अध्यक्ष तथा प्रदेश कमिटीका अध्यक्ष महेंद्र गुरुँगले अबको युवाहरू व्यवसायमा जोड़िनु पर्ने र सबै व्यवसायी युवाहरू युवा संघमा रहनु पर्ने बताए साथै आफ़नो व्यक्तिगत, पारिवारिक अनी सामाजिक जीवन को निम्ति जागीर या व्यवसायमा आवद्द हुनपर्ने बताए ।

ज़िल्ला अध्यक्ष पान बहादुर जिसिले सबै नव आगन्तुकहरूको जोड़ले थप ऊर्जा र हौसला अनी साहस मिलेको बताए साथै अब सबैजना एकजुट भएर देशको निम्ति लाग्न अनुरोध गरे ।

गण्डकीका अध्यक्ष महेंद्र गुरुँगले आफ़नो पदभार सम्हालेको समय देखी आज सम्म उनको मुख्य योजना र कार्य नै नया युवाहरूलाई रास्ट्रिय युवा संघमा जोड़न पहल गरेका छन र यसले सम्पूर्ण युवाहरू उनको पार्टी प्रतिको काम गर्ने शैलिको बारेमा प्रशंसा गर्ने गरेको युवा संघका एक ज़िल्ला नेता ले बताए ।

२०७८ भाद्र १९, शनिबार प्रकाशित 0 Minutes 1257 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार