
एनआरएनए अष्ट्रेलियाको राष्ट्रिय युवा संयोजकमा अरुण गौतमको चर्चा ।
सिडनी, अष्ट्रेलिया । अष्ट्रेलियामा रहेका नेपालीहरू को साझा संस्था एन आर एन ए अष्ट्रेलियाको आऊदो २९ गते वर्ष २०२३-२०२५ को लागी निर्वाचन हुदैछ । यही निर्वाचनको संघारमा बिभिन्न समूह भई निर्वाचनमा होमीएका छन । यति बेला निर्वाचनमा तीन समूह बीच प्रतिस्पर्धा हुने भएका छ । यो संगै टिम परिवर्तन, टिम अनिल र टिम दिला गरी तीन समूह आफ्नो चुनावी प्रचार प्रसारमा व्यस्त छन ।
त्यही समूह मध्यको टिम परिवर्तन बाट अष्ट्रेलियाको लागी राष्ट्रिय युवा संयोजक पदमा लामो समय देखी अष्ट्रेलिया मा युवा संस्थाहरू संगै बिभिन्न संघ संस्थामा रही नेतृत्वदायी भूमिकामा काम गर्दै आएका अरुण गौतमले आफनो बलियो उम्मेदवारी दिएका छन ।
अरुण गौतम अष्ट्रेलियामा बिशेष गरी युवा समुदाय माझ चिर परिचित नाम अनी व्यक्ति हुन । करीब १५ वर्ष अगाड़ी उनी नेपालको बारा जिल्ला बाट आफ्नो भविष्यको सपना साकार पार्नका निम्ति त्यो योजना लीएर अष्ट्रेलिया आएका उनी हाल सम्म आफ्नो व्यक्तिगत-पारिवारिक जीवनको व्यवस्थापन संगै व्यवसायिक यात्रा, अध्यन, सामाजिक यात्रा, लगायत बिभिन्न क्षेत्रमा उनी सफल व्यक्तिको रुपमा नेपाली समाजमा परिचित छन।
एनआरएन मा उनले सन २०१४ देखी हाल सम्म बिभिन्न पदमा रही निरन्तर रूपमा आवद्ध भएर सामाजिक सेवा गर्दै आएका छन ।
यस अघी उनी २०१९-२०२१ मा अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्य बाट युवा संयोजक पदमा बिजयी भएका थिए । उनको उक्त कार्यकालमा अष्ट्रेलियामा स्थानीय स्तर देखी केन्द्रीय स्तर सम्म नेपाल देखी आएका युवा हरू लाई एकजुट बनाई समाजमा बिद्यमान अनेक समस्या, एक्लोपन, मानसिक रोग, पारिवारिक वातावरण देखी टाढ़ा, कुलतमा रहेका जस्ता अनेक युवाहरू माझ स्किल फुल ट्रेनिंग, मेण्टल हेल्थ सम्बन्धी कार्यक्रम, अष्ट्रेलियाको कानून बारे सचेतना, खेलकुद जस्ता बिभिन्न बिधामा काम गरी सफल युवा संयोजकको रूपमा आफुलाई अब्बल बनाईसकेका छन ।
उनको त्यो सफलता संगै अष्ट्रेलियामा पुन युवाहरू माझ अनेकन कार्यक्रम मार्फत युवाहरू लाई एनआरएन को अभिभावकत्व र साथको आवश्यकता लाई पुरा गर्नका निम्ति टिम परिवर्तनले अरुण गौतमलाई अगाड़ी सारेको हो ।
उनले आफु राज्यको संयोजक भई रहदा त्यति बेला कोरोनाको महामारीका कारण बिध्यार्थीहरूमा ठुलो समस्या आईपरेको थियो त्यो बेला अष्ट्रेलियामा रहेका अन्तराष्ट्रिय बिद्यार्थीहरू लाई जीविको पार्जन गर्न धौ धौ को अवस्था रहेको थियो । त्यो कठिन समयमा उनले कोभिडको महामारी संग जुधदै आफ्नो टिम संग रहेर हरेक बिद्यार्थीको कोठा कोठामा पुगी राहत सामग्री वितरण गरेका थिए । त्यो बेला उनी यो मेरो जीवनको महत्वपूर्ण समय र सेवा गर्ने अवसर समेत पाएको हुदा आफुलाई अझ सशक्त रुपमा सामाजिक सेवा गर्न प्रेरणा मिलेको बिश्वपाटीलाई बताए ।
उनी यति बेला अष्ट्रेलियाको आठ वटा राज्यको मतदाताहरू संग भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बिगत एक हप्ता देखी दौड़ाहा मा छन । उनी संगै सिंगो टिम परिवर्तन यो अभियानमा लागी परेको कुरा टिम परिवर्तन निर्वाचन परिचालन कमिटीका सदस्य दिपक पहारीले बिश्वपाटीलाई बताए ।
बिभिन्न राज्यमा कार्यक्रमहरू गरीरहदा अरुण गौतम प्रतीको युवाहरूमा माग, बिश्वास र आस्थाका कारण पनी उनको जीत अष्ट्रेलियामा अति आवश्यक रहेको कुरा कुईंसल्यांड राज्य निवासी प्रेम शाही ठकुरीले बताए ।
उनको एजेण्डामा युवा मैत्री कार्यक्रम, युवा सशक्तिकरण र नेतृत्व, शिक्षा तथा सो सम्बन्धि सहयोग, सामाजिक कार्यमा युवा, सचेतना मुलक कार्यक्रम, स्वास्थ्य, सामाजिक महत्व, साथिभाई बिच आपसी सहयोग जस्ता बिभिन्न एजेण्डा सहित आफ्नो उम्मेदवारी दिएका छन ।
उनी आफ्नो बचनमा पक्का, हसीलो अनुहार, हरेक संग घुलमिल हुने, दुःख मा परेको लाई सहयोग, टिम वर्क, समय व्यवस्थापन एवं एक कुशल नेतृत्व र बोलीमा अब्बलको रुपमा समाजले उनलाई चीनेको छ ।