२०८१ फाल्गुन ७ बुधबार

नेविसंघ कास्कीको अध्यक्षमा गौरव बराल ।

नेविसंघ कास्कीको अध्यक्षमा गौरव बराल ।

 

पोखरा, नेपाल । नेपाली काङ्ग्रेसको भ्रातृ विधार्थी संगठन नेपाल बिद्यार्थी संघ जिल्ला कार्य समिति कास्कीको अध्यक्षमा गौरव बराल मनोनीत भएका छन ।

नेपाल बिद्यार्थी संघका केन्द्रिय अध्यक्ष दुजाङ्ग शेर्पाले बिज्ञप्ती जारी गर्दै नेविसंघ कास्की जिल्लाको अध्यक्षमा गौरव बराललाई मनोनित गरेका छ्न। गौरव बराल नेविसंघ पृथ्वीनारायण क्याम्पसको अध्यक्ष समेत हुन।

यस अघी नशिव गुरुंग जिल्ला अध्यक्ष भईरहदा केन्द्रिय सदस्यमा मनोनीत भए पश्चात नेविसंघ जिल्ला कार्यसमिति कास्कीको जिल्ला अध्यक्ष को पद रिक्त भएको हुदा उक्त पद पूर्ति गर्नका निम्ति नेविसंघको बिधान २०२७ को छैटौं संशोधन २०७५ बमोजिम नेपाल बिद्यार्थी संघ कास्कीको अध्यक्ष पदको जिम्मेवारी गौरव बराललाई दिइएको हो।

गौरव बराल कक्षा ९ देखी वार्ड कमिटीको कार्यक्रमहरूमा आफुलाई सहभागी गराऊदै आएका थिए । सोही अनुरूप तरुण दल वार्ड ८ पोखराको सह-सचिव समेत भएका थिए । त्यो संगै उनी बिध्यार्थी राजनीतिमा आवद्ध भए र पृथ्वी नारायण क्यामपस मा राजनीति संगै आफ्नो बीएएलएलबी को पढ़ाई समेत पूरा गरे । उनले आफ्नो कार्यकालमा राजनीतिलाई केही पर राखी रचनात्मक कार्यक्रममा आफु अनी संगठनलाई अगाड़ी सारे जसअनुरूप

आम बिद्यार्थी माझ लोकप्रिय बरालले लामो समयसम्म अधिवेशन हुन नसकेको नेविसंघ कास्कीलाई संगठित र गतिशील बनाउने अपेक्षा आम शुभेच्छुक हरू मा रहेको पाइन्छ ।

२०८० श्रावण २८, आईतवार प्रकाशित 1 Minute 676 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।