
रूपन्देही सामाजिक संजाल अष्ट्रेलियाद्वारा क्यान्सर पीड़ीतलाई आर्थिक सहयोग ।
सिडनी, अष्ट्रेलिया । मानवताको सेवा नै जिवनको सर्बोत्तम कार्य हो भन्ने उक्तिलाई आत्मसाथ गर्दै रुपन्देहि सामाजिक संञ्जाल RSNA अष्ट्रेलियाको आयोजना तथा मिलीजुली परिवार रुपन्देहिको सहकार्य एवं संयोजनमा आईतवार रुपन्देहि जिल्लाको सिद्धार्थ नगरपालिका वार्ड न २ को कार्यलयमा आर्थिक अभावले आफ्नो उपचार गर्न असमर्थ भई ६ महिना देखि ब्लड क्यान्सर बाट पिडित ३३ वर्षिय मकरध्वज राई (मुनिल) लाई आर्थिक सहयोग प्रदान गरिएको छ |
राईको आमा ओमकला राई र दिदी देवकला सुर्यवंशीलाई आइतबार १ लाख ३२ हजार १ सय रुपैयाँ हस्तान्तरण गरिएको मिलीजुली परिवारका अध्यक्ष माधव शर्माले बताए । अध्यक्ष शर्माका अनुसार हाल अस्ट्रेलियामा बस्दै आएका रुपन्देही सामाजिक सञ्जाल–अस्ट्रेलियाका अध्यक्ष रहेका मुक्तिराम पोखरललाई क्यान्सरपीडितको बारेमा मिलीजुली परिवारले जानकारी गराएको थियो । त्यसपछि पोखरेलले अष्ट्रेलिया रहेका RSNA टिमका साथिहरु एवं शुभचिन्तक नेपाली साथिहरुलाई आह्वान गरेर उक्त रकम जुटाउनुभएको शर्माले बताए ।
मकरध्वज हाल चितवनको भरतपुरस्थित बीपी कोइराला क्यान्सर अस्पतालमा उपचाररत रहेको शर्माले जानकारी दिए साथै रुपन्देही सामाजिक सञ्जाल-अस्ट्रेलियाका उपाध्यक्ष दिवाकर काफ्ले संस्थाले क्यान्सर पीडितलाई थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले हात अघि बढाएको बताए ।
मिलीजुली परिवारका अध्यक्ष माधव शर्माको अध्यक्षता, सिद्धार्थनगर नगरपालिका–२ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तवको प्रमुख आतिथ्यता, मिलीजुली परिवारका संरक्षक रारा सैंजुको विशिष्ट आतिथ्यता, लायन्स क्लब अफ होलिसिटी सिद्धार्थनगरका अध्यक्ष सुमन शर्मा, बेलहिया माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज न्यौपाने, बेलहिया गाउँ समाजका अध्यक्ष मोहन सिंह शाही, सिद्धार्थनगर–२ का वडा सदस्य कञ्चन थापा, विन्दु हरिजन, राजकुमार यादवको आतिथ्यता तथा मिलीजुली परिवारका कोष वृद्धि संयोजक सिर्जना सुवेदीको सञ्चालनमा सो कार्यक्रम संचालन गरिएको थियो जुम मार्फत गरिएको सो कार्यक्रममा RSNA अष्ट्रेलियाका अध्यक्ष मुक्तिराम पोखरेलले आफ्नो धारणा राख्दै संस्थाको स्थापना काल देखि नै विगतमा मानविय एवं परोपकारी कार्यहरु जस्तो कोभिड महामारी प्रभावितलाई राहत वितरण, यौन हिंसामा परेका बालबालिकाहरुलाई सहयोग, क्यान्सर पीडितलाई सहयोग, भूकम्प पीडितलाई एनआरएनए मार्फत सहयोग, अनाथ आश्रममा रहेका फरक क्षमता तथा सिमान्त अनाथ तथा अपाङ वालवालिका लाई शैक्षिक सामाग्री न्यानो कपडा वितरण मानविय तथा परोपकारी कार्यका लागि रक्तदान कार्यक्रम, अस्पताल तथा स्वास्थ्य सामाग्री वितरण, उत्प्रेरणामुलक जिवन उपयोगि ज्ञान मुलक सत्सङ्ग अभिमुखिकरण, साहित्यिक तथा सांस्कृत्तिक संरक्षणका लागि साहित्यिक साक्षरता कार्यक्रम , महिलाहरुको तिज कार्यक्रम, नेपालि तथा अंग्रेजि नयाँ वर्षमा चेतनामूलक तथा सांस्कृतिक संरक्षणमा टेवा पुग्ने जस्ता कार्यक्रमहरु, अक्षयकोष मार्फत असाहाय वालवालिका लाई शैक्षिक अध्ययनमा सहयोग सिमान्तकृत असाय एव् अपाङ् वालवालिका शैक्षिक सामाग्री तथा विघालय पोशाक जस्ता कार्यक्रमहरु सम्पन्न गरिसकेको छ ।
आगामि दिन हरूमा स्वदेश तथा विदेशमा विभिन्न सरोकारवाला सँग यसप्रकारका सहयोगात्मक सामाजिक कामहरुलाई अझै बढी सक्रिय बनाउने समेत अध्यक्ष पोखरेलले जानकारी दिए ।