२०८१ कार्तिक २० मंगलवार

प्राज्ञिक विद्यार्थी परिषद् नेपाल गण्डकीद्वारा १ दिवसीय शिक्षा कार्यशाला सम्पन्न।

भूपेन्द्र महरा

श्रावण २७
पोखरा । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल गण्डकी प्रदेशको आयोजनामा नेपालको समग्र शिक्षाको अवस्था, चुनौती र समाधान विषयक एक दिवसीय शिक्षा कार्यशाला सुन्दर नगरी पवित्र स्थल पोखरामा सम्पन्न भएको छ ।

पोखरामा शनिवार भएको कार्यशाला पोखरा विश्वविद्यालयका उकुलपति डा. प्रेम नारायण अर्याल ज्यूले उद्घाटन गरेका छन् । कार्यशालामा शिक्षाको अवस्था, चुनौतीका अलावा समाधानको उपाय विद्यार्थीको समग्र विकास, सामाजिक गतिविधि, सेवा कार्यसँगै राष्ट्रलाई केन्द्रमा राखेर असल व्यक्ति निर्माण विद्यार्थीको समग्र विकासको विषयमा छलफल भएको थियो।

कार्यशालामा नेपाल सरकार शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका सह- सचिव डाक्टर हरि लम्सालज्यूले कार्यपत्र प्रस्तुत र पृथ्वी नारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्रा.डा. देवेन्द्र ब. लामिछानेज्यू र पूर्व सह-क्याम्पस प्रमुख प्रा.डा यादव शर्मा गौडेलज्यू टिप्पणीकर्ता को रूपमा रहनु भएको थियो । कार्यक्रमको संयोजक एबम् परिषद्का गण्डकी प्रदेश अध्यक्ष दीपक रेग्मी, विद्यार्थी परिषद्का सह-राष्ट्रिय संगठन सचिव रमेश कंडेल परिषद्का राष्ट्रिय सचिव सुश्री सृष्टि जोशी प्रदेश संगठन सचिव नारायण तिमिल्सिना प्रदेश सचिव दिप्सन गुरुङ्ग लगाएत गण्डकी प्रदेशका विभिन्न शैक्षिक संस्थाका सञ्चालक, क्याम्पस प्रमुख, प्राचार्य, शिक्षक र परिषदका कार्यकर्ताह सय (१००) जाना भन्दा बढी प्रतिनिधिहरूको उपस्थिति रहेको परिषदले जनाएको छ।

कार्यशालामार्फत् शिक्षाक्षेत्रसँग जोडिएका विविध विषयहरू जस्तै शिक्षाक्षेत्रमा अनावश्यक राजनीतिक हस्तक्षेप, पाठ्यक्रममा नेपालको मौलिकता र व्यावहारिकता, जीवन उपयोगी सिपको आवश्यकता, नेपालमा संचालित विदेशी विश्वविद्यालयका कार्यक्रम तथा उनीहरुको नियमन, समयमा प्रवेश परिक्षा र परिणामका लागि विश्वविद्यालयहरूको शैक्षिक पात्रोको आवश्यकता, विद्यार्थीको विदेश पढ्न जाने लहरलाई अन्त्य गरी स्वदेश मै गुणस्तरीय शिक्षा आदि विषयलाई समाजमा विमर्शका लागि ल्याउने र आगामी दिनमा परिवर्तनका लागि निर्णायक र सशक्त पहल पनि गर्ने तयारी परिषदले गरिरहेको जानकारी दिएका छन् ।

यसअघि विद्यार्थी परिषद्ले कोशी, मधेस प्रदेशमा कार्यशाला सम्पन्न गरिसकेको राष्ट्रिय सह-संगठन सचिव रमेश कँडेलले बताउनु भएको छ ।

२०८० भाद्र १०, आईतवार प्रकाशित 1 Minute 458 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।