२०८१ चैत्र ११ सोमबार

नेपाली सोसाइटी अफ तास्मानियाद्वारा दशै बिशेष कार्यक्रम गर्ने ।

सिडनी, अष्ट्रेलिया । नेपाली सोसाइटी अफ तास्मानियाद्वारा दशै बिशेष कार्यक्रम गर्ने ।

अष्ट्रेलियाको तास्मानिया राज्यमा बिगत लामो समय देखी नेपाली समुदाय माझ सामाजिक कार्यमा अग्रणी रहेको संस्था नेपाली सोसाइटी अफ तास्मानियाले दशै बिशेष कार्यक्रम-२०८० गर्ने भएको छ ।

उक्त कार्यक्रममा नवदुर्गा भवानीको पुजा, चंगा उड़ाउने, बिंगो, सांस्कृतिक प्रदशन, संगीत-नृत्य लगायत बिभिन्न दशै बिशेष कार्यक्रमहरू आयोजना गरीने भएको छ ।

अनट्राक तास्मानियाको मुख्य प्रायोजन रहेको उक्त कार्यक्रममा तास्मानिया प्राइम मिट, बुद्ध एशियन ग्रोसरी, मुनलाईट सुपरमार्केट, पिएस ज्वएलरी, श्री गणपति ज्वएलरीको प्रायोजन रहेको छ भने तास्मानियामा रहेका बिभिन्न सामाजिक संघ संस्थाहरूको सहयोग रहने बताईएको छ ।

कार्यक्रममा चंगा उड़ाऊनको निम्ति लट्टाई आयोजकले व्यवस्था गर्ने छन भने बिंगो बिजेतालाई सिंगो खसी उपहार समेत रहेको छ संगै बिभिन्न उपहारहरू रहेको छ ।

कार्यक्रम यही आऊदो २२ अक्टोबर का दिन दिउसो १२ बजे देखी बेलुकी ५ बजे सम्म रहनेछ । कार्यक्रम ग्लेनोर्कीमा अवस्थित टोलोसा पार्कमा आयोजना गरीने बताईएको छ ।

कार्यक्रम मार्फत नेपाली समुदाय बिच आफ्नो संस्कार, चाड्पर्व, धर्म, संस्कृति, भाषा साथै प्रवासमा रहने नेपालीहरू बिचको भाईचारा र आपसी भेटघाट मार्फत एकजुट बनाउने र हुने उद्देश्य रहेको संस्थाका अध्यक्ष एवं समाजसेवी संसार राजले बिश्वपाटीलाई बताए । साथै यस कार्यक्रममा सहयोग गर्ने समस्त मुख्य प्रायोजक, प्रायोजकहरू, सामाजिक संस्था एवं पत्रकार सम्पूर्णमा धन्यवाद सहित समस्त तास्मानिया बासी नेपालीहरूमा उपस्थितिका निम्ति अनुरोध समेत गरेका छन ।

 

२०८० आश्विन २९, सोमबार प्रकाशित 1 Minute 672 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार