
ओएनएफ तास्मानियाद्वारा कवि नवराजको कविता कन्सर्ट आयोजना ।
सिडनी, अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च अष्ट्रेलिया, तास्मानिया राज्य कमिटीको आयोजनामा नवराज पराजुलीको कविता कन्सर्ट नामक कार्यक्रमको आयोजना हुने भएको छ ।
युवा पुस्ताहरू माझ अति लोकप्रिय कवि नवराज पराजुलीले होबार्टमा उक्त कार्यक्रम मार्फत आफ्नो प्रस्तुति दिने छन । होबार्टको एमकट अर्थात् मोनाहामा आयोजना हुन लागेको उक्त कार्यक्रम २७ अक्टोबर बेलुकी ५:३० बजे बाट सुरु हुने बताईएको छ । उक्त कार्यक्रममा १०+ वर्षको उमेर समूहलाई मात्र प्रवेश गराईने र प्रति टिकट २० डलर मात्र रहेको छ ।
कार्यक्रम साहित्यमा रुचि राख्ने आम मानिसहरूको सम्बोधन हुने भएकोले कार्यक्रम आयोजना गरीएको संस्थाका अध्यक्ष मुगेंन गौतमले बिश्वपाटीलाई बताए साथै सम्पूर्णमा साथ, सहयोग र कार्यक्रम सफल पार्नका निम्ति सामाजिक अभियन्ता, नेपाली भाषी सम्पूर्णमा उपस्थितिको लागी अनुरोध समेत गरेका छन यो केवल कार्यक्रम मात्र नभई सिंगो नेपाली भाषीहरूको लागी एउटा संस्कृति जगेर्ना गर्ने कार्यक्रम समेत रहेको बताए ।
कार्यक्रमको प्रायोजन ग्लोबल मिट एजुकेशन एण्ड भिजा, लेण्ड एण्ड लिज रियालिटी, क्युब मोर्गेज सर्भिसेज, एपिबि पार्टनर्स (एकाउण्टेण्ट्स एण्ड बिजीनेस एडभाईजर्स), त्यस्तै कार्यक्रममा अन्तराष्ट्रिय नेपाली साहित्य समाज तास्मानिया च्याप्टर सहयोगी संस्थाको रुपमा रहेको छ भने नेपाली सोसाइटी अफ तास्मानिया, तास्मानिया नेपलिज क्रिकेट एसोशियसन, रोटरी क्लब अफ हौराह कम्युनिटी पार्टनर रहेको छन भने मिडिया पार्टनर्समा बिश्वपाटी रहेको छ ।
कार्यक्रममा टिकट बुकिंगको लागी संस्थाका अध्यक्ष मुगेन गौतम र संयोजक आकाश पौडेल संग सम्पर्क गर्नुपर्ने बताईएको छ ।