२०८२ असार ३१ मंगलवार

ओएनएफ तास्मानियाद्वारा कविता कन्सर्ट सम्पन्न ।

ओएनएफ तास्मानियाद्वारा कविता कन्सर्ट सम्पन्न ।

नेपालीहरूको महान पर्व बिजयादशमीको अवसरमा शुभकामना आदान-प्रदान सहित कवि नवराज पराजुलीको कविता कन्सर्ट कार्यक्रम सम्पन्न भएको छ ।

प्रवासी नेपाली मञ्च तास्मानिया राज्य कमिटीको आयोजनामा सम्पन्न उक्त कार्यक्रम होबार्ट, मोनाहाको एमकट हलमा सम्पन्न भएको थियो ।

कार्यक्रमको अध्यक्षता मञ्चका अध्यक्ष मुगेंन गौतम र संचालन संयोजक आकाश पौडेलले गरेका थिए ।

कार्यक्रममा प्रवासी नेपाली मञ्च तास्मानियाका इंचार्ज सुजन लामीछाने, अनेसास तास्मानिया च्याप्टरका अध्यक्ष प्रकाश पन्थी, तास्मानिया नेपलीज क्रिकेट एसोशिएसनका अध्यक्ष कमल भण्डारी लगायत अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा कवि नवराज पराजुलीले आफ्नो कविता मार्फत कन्सर्ट मा प्रस्तुति व्यक्त गरेका थिए । उनले तास्मानिया बासी समस्त नेपाली भाषीहरूलाई समेटन यो कार्यक्रम आयोजना गरेकोमा प्रवासी नेपाली मञ्चलाई धन्यवाद व्यक्त गरेका थिए साथै भाषा, साहित्य मार्फत नेपाली माझ जोडिन पाउदा खुशी व्यक्त समेत गरेका थिए ।

कार्यक्रममा बिभिन्न संघ, संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । ३५ जनाको उपस्थिति रहेको उक्त कार्यक्रम करिव ३ घण्टा सम्म चलेको थियो । कार्यक्रममा साउण्ड सिस्टम डीजे बिक्की रहेका थिए ।

कार्यक्रममा अध्यक्ष मुगेंन गौतमले उपस्थित र सहयोगी समस्तहरूमा धन्यवाद ज्ञापन व्यक्त गरेका थिए ।

२०८० कार्तिक ११, शनिबार प्रकाशित 1 Minute 554 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार