२०८१ चैत्र ८ शुक्रबार

राष्ट्रिय युवा संघ लाहाचोकले तिज विशेष एकल नृत्य प्रतियोगिता गर्ने

पाेखरा । राष्ट्रिय युवा संघ लाहाचोकले तिज विशेष एकल नृत्य प्रतियोगिता कार्यक्रम गर्ने भएको छ । महिलाहरूको माहान चार्ड हरितालीका तिजको अवसरमा सरकारले जारी गरेको स्वस्थ्य मापदण्ड पूर्ण पालना गर्दै उक्त कार्यक्रम गरिने भएको हो ।

युवासंघ लाहाचोकले आयोजना गरेको यस कार्यक्रममा स्थानीय स्तरको प्रतिभालाइ राष्ट्रिय स्तरमा प्रोसाहन गर्ने उद्देश्य राखीएको कार्यक्रम संयोजक सृजना गहतराजले जानकारी गराइन् । गहतराजले भनीन् “स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्डलाइ पुर्णरूपमा पालना गरि यो नृत्य प्रतियोगीता कार्यक्रम आयोजना गरिएको हो ।” उनले भनिन् “स्थानीय प्रतिभालाइ राष्ट्रिय स्तरमा चिनाउन एक माध्यमको रूपमा यस कार्यक्रमले भुमीका निर्वाह गर्ने विश्वास लिएका छौँ ।”

गण्डकी प्रदेश सभा सदस्य माननीय पुस्पा के सि भण्डारीको प्रमुख अतिथ्यतामा, माछापुच्छ्रे गा पा ४ लाहाचोक, महेन्द्र मा बि को प्राङ्गणमा कार्यक्रम सञ्चालन हुने युवा संघ नेपाल माछापुच्छ्रे गा.पा. वार्ड नं. ४ का अध्यक्ष गणेश अधिकारी ले जानकारी गराए ।

भाद्र २४ गते विहान ११ बजेबाट सञ्चालन हुने उक्त कार्यक्रममा प्रथम पुरस्कार रू ५ हजार सहित प्रमाणपत्र, दितृय पुरस्कार रू ३ हजार सहित प्रमाणपत्र, तृतीय पुरस्कार रू. २ हजार सहित प्रमाणपत्र र सन्त्वना पुरस्कार पनि ब्यबस्था गरिएको युथ फोर्स अध्यक्ष सन्तोष गुरुङ ले जानकारी गराए ।

यस कार्यक्रमको खर्च अनुमानीत रू पचास हजार लाग्ने र सम्पुर्ण खर्चको ब्यबस्थापन भै सकेको साथै कार्यक्रममा स्थानीय लाखे नाच समेत प्रस्तुत् गरिने युवा संघ माछापुच्छ्रे गाउँ पालिका नेता राजेन्द्र गौतमले जानकारी गराए ।

२०७८ भाद्र २२, मंगलवार प्रकाशित 0 Minutes 436 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार