२०८१ चैत्र ८ शुक्रबार

नवलपुरमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु, २४ घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट थुम्सीमा यात्रु बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । मंगलबार बिहान काँकडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सुप्र०२–००१ नंको यात्रुबाहक बस र ना६ख ७१२६ नम्बरको ट्रक नवलपुरको गैँडाकोट–१० स्थित २३ स्मृति पुल नजिक एकआपसमा ठोक्किएको थियो ।

बिहान ४ बजे भएको दुर्घटनामा दुई महिला र एकजना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी दिलिपकुमार गिरीले जानकारी दिएका छन् । घाइतेमध्ये तीन जनाको चितवनमा उपचारका क्रममा मृत्यु भएको डीएसपी गिरीले बताए । अन्य घाइतेको सोही अस्पतालमा उपचार भैरहेको छ।

२०७८ भाद्र २९, मंगलवार प्रकाशित 0 Minutes 186 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार