
धर्म के हो ?
दोषरहित, सत्यप्रधान, उन्मुक्तता र अमरताले युक्त सर्वोत्तम जीवन विधान नै धर्म हो ।
धर्मको वास्तविक परिभाषा र वास्तविक स्थिति भगवत् प्राप्ति र उसमा शरणागती नै धर्म हो ।
सन्त कसलाई भनिन्छ ?
‘अन्तेन सहित: स: सन्त’ ।’
सन्त जो वास्तवमा अन्तिम ‘सत्य’को साथमा होस्, अन्तिम ‘ सत्य’ को साथमा सदा-सर्वदा नै रहिरहेको होस्– सन्त वास्तवमा उही हो । “वासुदेव: सर्वं इति” जसको सबथोक भगवान् नै होस्। भित्र-बाहिर, तल-माथि, पछाडि-अगाडि– जुन शरीर विशेषको सबथोक भगवान् नै होस्, परमात्मा-परमेश्वर-परमब्रम्ह नै होस्, वास्तवमा उही ‘सच्चा सन्त’ भनिने हकदार छ । भगवानलाई छोडेर, परमात्मा-परमेश्वर-परमब्रम्हलाई छोडेर जसको केही पनि संसारमा होस्, वास्तवमा ऊ सन्तको परिभाषामा आउन सक्दैन ।” सन्तहरूको ठूलो विचित्र महिमा छ । वास्तवमा सन्त भेटियोस् त भगवान् भेटिनमा ढिलो हुँदैन । भगवान् भेटिनमा ढिलो यसैले हुन्छ कि तपाईंंलाई सच्चा सन्त भेटिंदैन । सच्चा सन्त भेटियोस् फेरि भगवानको मिलनमा ढिलो हुँदैन। अन्य शब्दहरूमा भन्ने हो भने सृष्टिको आदि- अन्तको रहस्य जनाउनेवाला नै सन्त हो अर्थात् सम्पूर्ण (संसार-शरीर-जीव-ईश्वर र परमेश्वर) को सम्पूर्णतया (शिक्षा-श्वाध्याय-अध्यात्म र तत्वज्ञान) लाई जनाउने वाला अर्थात् सिधै खुदा-गड्-भगवानलाई जनाउने-देखाउने-परख-पहिचान गराउनेवाला नै सन्त हुन्छ ।
भगवान जीव और आत्मा या ईश्वर दोनो से परे और दोनो का स्वामी संचालक तथा सर्वोच्च या परम सत्ता-शक्ति है । ॐ सो हँ हँसो ज्योति भगवान नही है, भगवान तो इन सब का उत्पत्ति और विलयकर्ता और इन सभी से भिन्न और परे बिलक्षण है ।
✍️ सन्त ज्ञानेश्वर स्वामी सदानन्द जी परमहंस ।