२०८२ जेष्ठ ७ बुधबार

सिड्निको रकडेलमा बाल साहित्यिक कार्यक्रम सम्पन्न।

सिड्निको रकडेलमा बाल साहित्यिक कार्यक्रम सम्पन्न।

सिड्नी – अष्ट्रेलियामा जन्मे हुर्कैका नेपालि मुलका दोश्रो पुस्ताका वालवालिका लाई भाषा साहित्य र संस्कृति प्रति अभिप्रेरित गरी मातृभाषा सँग जोड़न र वाल साहित्यिक प्रतिभालाई प्ररस्फुटन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यु साउथ वेल्स च्याप्टरको आयोजनामा गत शनिवार बाल साहित्यिक कार्यक्रम एक कार्यक्रमका विच सिड्निको रकडेल मा सम्पन्न भयो।
समाज का अध्यक्ष डा० प्रकाश पौडेल को अध्यक्षतामा भएको सो कार्यक्रममा महासचिव भावना पराजुलि ले स्वागत मन्तव्य गर्दै कार्यक्रमको उद्देश्य तथा महत्व माथि प्रकाश पार्नु भएको थियो , नेपाल जेसिजका पूर्व अध्यक्ष एवं अन्तराष्ट्रिय जेसिजका पूर्व उपाध्यक्ष, वरिष्ठ समाजसेवि एवं साहित्यकर्मी अनुपमान सैंजुको प्रमुख आथितित्यता भएको सो कार्यक्रममा प्रमुख अतिथि सैंजु ले आफ्नो मन्तव्य एवं धारणा व्यक्त गर्दै प्रवासमा जन्मेर पनि ति स – साना वालवालिका लाई मातृभाषा को प्रवद्धन गर्दै संस्कृत्ति , साहित्य तथा वाल वालिका मा भएको प्रतिभा लाई प्ररस्पुटन गर्ने कार्य अत्यन्तै स्रहानिय भएको भन्दै कार्यक्रमको मुक्त कण्ठले प्रशंशा गर्नुभएको थियो !
वाल तारा एवार्ड का विजेता बालक आयाम घिमिरेले संचालन गरिएको वाल साहित्यिक कार्यक्रममा १८ जना भन्दा वढि वालवालिकाहरुले भाग लिएको सो वाल साहित्यिक कार्यक्रममा क्रमःश अभिरूभ वस्ताकोटि, अन्भि वस्ताकोटि, अप्सना पराजुलि, आयाम घिमिरे, श्रेष्या पौडेल, प्रजना भण्डारी, आदित्य पौडेल, अकि्क्षता तिमिल्सिना , आयुष्ता तिमिल्सिना , मुमल श्रेष्ठ , प्रशन्न बाबु तिवारी , रुवावा गुरुङ , आर्य ढकाल , सिमोल श्रीपाली , आरधा घिमिरे , निमान पौडेल लगायतकाले कविता , रामायण , गित शोलक प्रस्तुत गरेका थिए प्रस्तुतिमा भाग लिएक वालवालिकालाई प्रोत्साहन स्वरूप समाजका पूर्व अध्यक्ष सानु घिमिरे तथा प्रमुख अतिथि सैंजु ले ट्रफि ,पुरस्कार तथा प्रमाण पत्र वितरण गर्नु भएको थियो भने बिगत ५ वर्ष देखि निरन्तर रचना बाचन गर्दै आएका द्दव वालवालिका आयाम घिमिरे र श्रेष्या पौडेल लाई उत्कृष्ट एवार्ड , नगद तथा प्रशंशा पत्र बाट सम्मान गरिएको थियो !
कार्यक्रम सफल बनाउन विभिन्न व्यक्ति, संस्थाहरुले सहकार्य समेत गरेका थिए जसमा कमःश बेलाभिस्टा साईकियाट्री र वेलबिइङ् क्लिनिक का संगीता चापागाई, नेपाल तराई समाज अष्ट्रेलियाका अध्यक्ष रञ्जित शाह, तथा सेज होम लोन्सका समिर श्रेष्ठले आर्थिक सहयोग प्रदान गरेका थिए।
सो कार्यक्रममा पत्रकारहरु कमःश डा० राजु मान्धर , तकदिर अधिकारी, सिता रसायली र जिवन रायमाझि अनेसासका पुर्व अध्यक्षहरु सानु घिमिरे र ममता तिवारी, पुर्व उपाध्यक्ष बिष्णु घिमिरे, गायिका तथा कलाकार जेनीसा गौतम , अनेसास सचिव अस्मित रेग्मी र सल्लाहकार सौरभ किरण श्रेष्ठ,  गायक मानस राज साथै मिलिजुलि सामाजिक प्रतिष्ठान नेपालका प्रमुख संरक्षक रारा सैंजु तथा सामाजिक व्यक्तित्वको सकृय सहभागिता रहेको थियो कार्यक्रममा समाजका सल्लाहाकार एवं साहित्यकार सौरभ किरण श्रेष्ठले सम्पूर्ण बालबालिकाहरुलाई प्रोसान तथा पुरस्कार स्वरूप बाल पुस्तकहरु समेत प्रदान गरि सहयोग पुऱ्याउनु भएको थियो अन्त्यमा, अनेसास न्यु साउथ वेल्स च्याप्टरका अध्यक्ष प्रकाश पौडेलले कार्यक्रममा उपस्थित सबैप्रति आभार एवं धन्यवाद व्यक्त गर्दै भने, “नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धनमा संस्थाको अभियान निरन्तर अगाडि बढ्ने कुरामा जोड दिनु भएको थियो भने सम्रग कार्यक्रमको सहजिकरण एवं दोश्रो चरणको कार्यक्रम अनेसास सिडनी च्याप्टर का पब्लिक अफिसर मुक्तिराम पोखरेल ले सन्चालन गर्नु भएको थियो !!

२०८१ चैत्र १८, सोमबार प्रकाशित 1 Minute 91 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार