२०८२ जेष्ठ ७ बुधबार

नई एकेडेमी अष्ट्रेलियाद्वारा “पारीजात जन्मजयन्ती विशेष समारोह” भव्य रूपमा सम्पन्न

नई एकेडेमी अष्ट्रेलियाद्वारा “पारीजात जन्मजयन्ती विशेष समारोह” भव्य रूपमा सम्पन्न

सिड्नी, १९ अप्रिल २०२५ – “पारीजात जन्मजयन्ती विशेष समारोह” भव्य रूपमा सम्पन्न

पारीजातको ८८औं जन्मजयन्तीको अवसरमा नई एकेडेमी अष्ट्रेलियाद्वारा एक विशेष साहित्यिक र सांस्कृतिक कार्यक्रम अष्ट्रेलियाको सिड्नीमा आयोजित भयो। कार्यक्रममा विभिन्न क्षेत्र र विधामा महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान गर्दै, बालबालिकाको सांस्कृतिक प्रस्तुति सहित साहित्यिक कविता वाचन समेत गरिएको थियो।

कार्यक्रम नई एकेडेमी अष्ट्रेलिया की संस्थापक अध्यक्ष सीमा रोशीको अध्यक्षता र नई एकेडेमी नेपाल की संस्थापक एवं उपकुलपति इन्दिरा प्रसाईको प्रमुख आतिथ्यमा सम्पन्न भयो। साथै, नेपाल जेसिजका पूर्व अध्यक्ष तथा अन्तर्राष्ट्रिय जेसिजका पूर्व उपाध्यक्ष, वरिष्ठ समाजसेवी एवं साहित्यकार अनुपमान सैंजु विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रम सञ्चालन प्रज्ञा पनेरु (उपाध्यक्ष) र प्रान्जली खड्का (सचिव) ले संयोजनमा गरियो।

सन् २०२२ मा स्थापना भएको नई एकेडेमी अष्ट्रेलियाले स्थापना कालदेखि नै नेपाली, नेपाली–अष्ट्रेलियाली र अन्तर्राष्ट्रिय क्षेत्रका व्यक्तिहरूलाई विभिन्न विधामा योगदान पुर्‍याएकोमा सम्मान गर्दै आएको छ। कला, साहित्य, संगीत, खेलकुद, स्वास्थ्य, मानसिक स्वास्थ्य, लैंगिक हिंसा नियन्त्रण, विज्ञान, प्रविधि तथा सामाजिक सेवाजस्ता विविध क्षेत्रहरूमा सक्रिय रहँदै आएको संस्थाले यस वर्ष पनि उल्लेखनीय योगदानकर्ताहरूलाई कदरपत्र र नगद पुरस्कारसहित सम्मानित गर्‍यो।

कार्यक्रममा प्रमुख अतिथि इन्दिरा प्रसाईले भर्चुअल रूपमा शुभकामना मन्तव्य दिँदै अष्ट्रेलियामा नयाँ एकेडेमीले गरिरहेको साहित्यिक तथा रचनात्मक प्रयासको मुक्तकण्ठले प्रशंसा गरिन्। त्यस्तै विशिष्ट अतिथि अनुपमान सैंजुले पत्रकार, कलाकार तथा बालबालिकालाई सम्मान गर्दै प्रवासमा रहेर भाषा, संस्कृति र साहित्यको संरक्षणमा गरिएको कार्य अत्यन्त प्रशंसनीय रहेको बताउँदै बालबालिकामा लुकेको प्रतिभा उजागर गर्ने प्रयासलाई मनैदेखि सराहना गरे।

**पुरस्कार प्राप्त व्यक्तित्वहरू यसप्रकार छन्:**

– साहित्य विधामा “नइ पारीजात पुरस्कार २०२५” अन्तर्गत श्री रामप्रसाद कोइरालालाई प्रशंसा–पत्र र नगद $५०० सहित सम्मानित गरियो।
– महिला पत्रकारिता विधामा मेलबर्नकी निरु त्रिपाठी र सिड्नीकी सीता रसाइलीलाई विशिष्ट सम्मान प्रदान गरियो।
– “Nai Youth of the Year Award 2025” अन्तर्गत १२ देखि २४ वर्ष उमेर समूहका पाँच युवा प्रतिभाहरूलाई प्रशंसा–पत्र र नगद $१०० सहित सम्मान गरियो।
– मोक्षदा अम्गाइ (नेपाल)
– सन्देश पौडेल (नेपाल)
– गोरीमा रायमाझी (मेलबर्न)
– सीमोन सिर्पाली (सिड्नी)
– मीया पुन (सिड्नी)

कार्यक्रममा सहभागी विशिष्ट अतिथिहरूमा ANJA अध्यक्ष कृष्ण तिवारी, फेन्का NSW डिपुटी कोअर्डिनेटर तथा RSNA अष्ट्रेलियाका संरक्षक मुक्तिराम पोखरेल, लेखक तथा समाजसेवी सौरभ किरण, अनेसास अध्यक्ष डा. प्रकाश पौडेल, फेन्का डा. मधुसुधन पुडासैनी, शब्दमाला स्कुलका अध्यक्ष विष्णु घिमिरे, मिलिजुलि समाज नेपालका राष्ट्रिय संरक्षक रारा सैंजु, पत्रकार सीता रसाइली लगायतका समुदायका अगुवा र बालबालिकाहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमको सहजिकरण फेन्काका डिपुटी कोअर्डिनेटर मुक्तिराम पोखरेलले गरेका थिए।

समारोहको अन्त्यमा अध्यक्ष सीमा रोशीलाई संस्थाको स्थापना र प्रवर्द्धनमा उल्लेखनीय योगदान पु-याएकोमा दोसल्ला ओढाई सम्मान गरियो। उनले संस्थाको अक्षय कोषका रूपमा ५ हजार डलर योगदान दिएको उल्लेखनीय कार्यको समेत प्रशंसा गरियो।

अन्ततः, अध्यक्ष रोशीले कार्यक्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ दिने सम्पूर्ण सहयोगीहरूलाई आभार प्रकट गर्दै, यस्ता आयोजनाले नेपाली साहित्य र संस्कृति प्रवासमा पनि समुन्नत बनाउने विश्वास व्यक्त गरिन्।

२०८२ बैशाख ११, बिहीबार प्रकाशित 1 Minute 123 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार