
पर्थमा राहदानी नविकरणका लागि घुम्ती शिविर सञ्चालन हुने
पर्थ, अष्ट्रेलिया – गैरआवासीय नेपाली संघ (NRNA) SCC पश्चिम अष्ट्रेलियाको संयोजनमा आगामी १५ मेदेखि २० मे २०२५ सम्म पर्थमा राहदानी नविकरणका लागि घुम्ती शिविर सञ्चालन गरिने भएको छ।
नेपाल सरकार, क्यानबेरास्थित नेपाली दूतावासको समन्वयमा सञ्चालन हुन लागेको उक्त शिविर 4/34 क्वीन स्ट्रिट, पर्थ मा आयोजना हुनेछ। स्थान पर्थ सिटी अन्डरग्राउन्ड ट्रेन स्टेसन नजिकै रहेको छ भने CPP र विल्सन पार्किङको सुविधा नजिकै उपलब्ध छ, जसले सेवाग्राहीलाई सहज हुने अपेक्षा गरिएको छ।
शिविरको उद्देश्य अष्ट्रेलियामा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई राहदानी नविकरण सेवामा सहज पहुँच प्रदान गर्नु हो। गैरआवासीय नेपाली समुदायको सुविधालाई मध्यनजर गर्दै यस्तो शिविरको आयोजना गरिएको हो।
शिविर सम्बन्धी थप जानकारी र अद्यावधिक विवरणका लागि [www.nrn.org.au](http://www.nrn.org.au) मा हेर्न सकिनेछ।
**सम्पर्क व्यक्तिहरू:**
– माननिय फ्रेड ब्राउन:0408 030 477
– शेखर घिमिरे: 0425 256 702
– किशोर कुँवर: 0430 938 801
– सुमन सञ्जेल (हरिबंश): 0405 880 730
– मिम सुब्बा गुरुङ: 0426 977 509
– मनीष सिग्देल: 0450 261 570
गैरआवासीय नेपाली संघ SCC पश्चिम अष्ट्रेलियाले सम्पूर्ण नेपाली समुदायलाई समयमा नै आवश्यक कागजातसहित शिविरमा उपस्थित भइ सेवा लिन अनुरोध गरेको छ।
—