२०८२ जेष्ठ ७ बुधबार

काठमाडौंको अस्तव्यस्त ट्राफिक र लाइट रेलको विकल्प

आजभन्दा ठीक २०० वर्ष अगाडि, सन् १८२५ मा बेलायतको स्टकरन र डार्लिङटन शहरलाई जोड्ने पहिलो रेल्वे सेवा सञ्चालनमा आएको थियो । त्यसदेखि आजको दिनसम्म, रेलको विकासले अभूतपूर्व सफलता हासिल गरेको छ । अहिले संसारभर मेट्रो, मोनोरेल, हेभीरेल र लाइट रेलका विभिन्न प्रणालीहरू सञ्चालनमा छन् ।

चीनको सांघाईदेखि बेइजिङ हाइ स्पीड रेलसम्म, रेल प्रणालीले यातायातको क्षेत्रमा ठूलो परिवर्तन ल्याएको छ । यो विकासले मानिसहरूको यात्रा गर्ने तरिका र जीवनशैलीमा सकारात्मक प्रभाव पारेको छ । आज संसारभर ५ करोडभन्दा बढी मानिसले दिनहुँ रेल्वेमा यात्रा गर्छन् र रेल्वे उनीहरूको जीवनकै अभिन्न अंगको रूपमा स्थापित भएको छ, तर विडम्बना, हामी नेपालीहरू संसारभर भएका रेल्वे प्रगतिलाई समाचारमा हेर्नमात्र बाध्य छौं ।

हाम्रो देशमा पनि रेल्वे सेवा भएको भए कस्तो हुन्थ्यो होला ? नेपालमा रेल्वेका बारेमा बेलाबखत विभिन्न किसिमका टिप्पणीहरू नभएका होइनन् । उत्तरी छिमेकी चीन र दक्षिणी छिमेकी भारतबाट नेपाल जोड्ने अत्याधुनिक रेल्वे परियोजना छलफलका क्रममा छन् । यहाँ हामी काठमाडाैंका लागि सबैभन्दा उपयुक्त हुनसक्ने लाइट रेलको सम्भाव्यताबारे चर्चा गर्नेछौं ।

लाइट रेलले सवारीसाधनहरूको संख्यामा कमी ल्याउनसक्छ र मानिसहरूलाई सार्वजनिक यातायातमा यात्रा गर्न प्रोत्साहित गर्नसक्छ । यसले ट्राफिक जामको समस्या कम गर्न मद्दत गर्नेछ र यात्राको समयलाई घटाउनेछ । साथै यसले वातावरणमा पनि सकारात्मक प्रभाव पार्नसक्छ । किनकि यसले इन्धनको खपत घटाउँछ र वायु प्रदूषणलाई कम गर्छ ।

काठमाडौंमा लाइट रेलको निर्माणले यातायातको समस्यामा महत्वपूर्ण सुधार ल्याउनेछ । यसले सार्वजनिक यातायातलाई सहज र छिटो बनाउनेछ, जसले ट्राफिक जाम घटाउने र बासिन्दाहरूको जीवनस्तरमा सुधार गर्नेछ ।
काठमाडौंमा लाइट रेलको निर्माणले यातायातको समस्यामा महत्वपूर्ण सुधार ल्याउनेछ । यसले सार्वजनिक यातायातलाई सहज र छिटो बनाउनेछ, जसले ट्राफिक जाम घटाउने र बासिन्दाहरूको जीवनस्तरमा सुधार गर्नेछ । यसरी लाइट रेलले काठमाडांैको विकासमा ठूलो योगदान दिनसक्छ ।

के हो लाइट रेल ?

लाइट रेल एक प्रकारको रेलवे हो, जुन विशेषगरी शहरी क्षेत्रहरूमा द्रुत, विश्वसनीय र सुविधाजनक यात्राका लागि प्रयोग गरिन्छ । यो ट्र्याकमा गुड्ने रेल गाडी जस्तै अरु रेल गाडीभन्दा छोटो र हल्का हुन्छ । काठमाडौं जस्तो छोटो दुरीमा यात्रु चढाउन र ओराल्न पर्ने ठाउँमा यो उपयुक्त हुन्छ । किनकि यसको हेभी रेल र मेट्रो रेलको भन्दा स्पीड र ब्रेकिङ डिस्टेन्स कम हुन्छ । यसलाई मेट्रो र हेभी रेलको जस्तो सार्वजनिक रूपमा अलग गर्न पर्दैन । पूर्वाधारहरू पनि धेरै बनाउनु पर्दैन । साथै प्लेटफर्म पनि जमिनबाट धेरै न उँचो बनाउन सकिन्छ ।

लाइट रेललाई धेरै ठाउँमा ट्राम पनि भनिन्छ । सधैं गुड्ने हुनाले, यो हलुका हुन्छ । उच्च गुणस्तरको एयरकन्डिसनिङ सिस्टम र आरामदायक सिटिङ व्यवस्था हुन्छ, जसले यात्रुलाई सहज र रमाइलो अनुभव दिन्छ । यसको प्रयोग सन् १९७० को दशकदेखि अमेरिका, बेलायत र अन्य देशहरूमा सुरु भएको हो । अहिले विश्वभरका प्रमुख व्यापारिक बसोबास भएका स्थानहरू, जहाँ यात्रुको चाप बढिरहेको छ, त्यहाँ लाइट रेलको प्रयोग व्यापक रूपमा भइरहेको छ ।

इथियोपियाको अदिस अबाबा, पोर्चुगलको पोर्टो, स्पेनको बार्सिलोना, फ्रान्सको बोर्डियाक्स, नाइजेरियाको अबुजा, अस्ट्रेलियाका सिड्नी, गोल्ड कोस्ट, क्यानबेरा, मेलबर्न र अमेरिकास्थित मेरिल्यान्डलगायतका सयौं स्थानमा लाइट रेलको प्रयोगले यसको उद्देश्य पूरा भएकोमात्र होइन, आकर्षण पनि बढाएको छ । आज इथियोपिया जस्तो देशले लाइट रेल कुदाइरहँदा हामी अझै पनि यसको सम्भावनाका बारेमा चर्चा गर्ने अवस्थामै छौं ।

काठमाडौंमा कहाँ बनाउने लाइट रेल ?

पहिलो चरणमा काठमाडौंको २७ किलोमिटर लामो रिङ्गरोडमा लाइट रेलको निर्माण गर्न सकिन्छ, जसले उपत्यकामा ट्राफिकलाई सहज बनाउने मात्र होइन, यात्रुलाई सबै सुविधासम्पन्न यातायात प्रदान गर्नेछ । दोस्रो चरणमा महाराजगञ्जदेखि सातदोबाटोसम्मको १२ किमि लम्बाइको लाइट रेल वा कोटेश्वरदेखि बानेश्वर हुँदै कलंकीसम्मको करिब १० किमि लामो लाइट रेलको निर्माण गर्न सकिन्छ ।

रेल अत्याधुनिक प्रविधिबाट सञ्चालन हुने भएकाले यात्रुलाई सुरक्षित, सहज र आरामदायी यात्रा अनुभव प्रदान गर्नसक्छ । विशेष रूपमा वृद्ध, असहाय, बालबालिका र शारीरिक अपांगता भएका व्यक्तिहरूका लागि लाइट रेल एक उत्कृष्ट सार्वजनिक यातायातको रूपमा विकसित हुनसक्छ ।
लाइट रेलका फाइदाहरू

ट्राफिक जाम न्यूनीकरणः काठमाडौं शहरमा ट्राफिक जाम न्यूनीकरणका लागि प्रभावकारी उपायहरू आवश्यक छन् । किनभने यहाँ सवारीसाधनहरूको संख्या तीव्र रूपमा बढ़्दै गएको छ । यातायात व्यवस्था विभागका अनुसार उपत्यकामा १५ लाखभन्दा बढी सवारीसाधन दर्ता भएका छन् ।

काठमाडौंका सडकमा कार्यालय समयमा मात्र होइन, प्रायः दिनभर नै मुख्य सडकहरूमा जाम हुने गर्छ । यस समस्यालाई समाधान गर्न सडक विस्तार, सार्वजनिक यातायातको सुधार र सवारीसाधनको संख्या नियन्त्रण गर्नुपर्नेछ । लाइट रेलले एक पटकमा सामान्यतया ३०० यात्रुलाई सवार गर्नसक्ने भएकाले यसले धेरै संख्यामा टेम्पो, माइक्रो बस, बस र कारहरूलाई स्थानान्तरण गर्न मद्दत गर्नेछ ।

समयको बचत र सजिलो यात्राः उपत्यकामा यात्रा गर्दा सवारी जामका कारण समयको सदुपयोग नहुनु सामान्य समस्या हो । विशेषगरी कार्यालय समय, विद्यालय-कलेज समय र साँझको समयमा मुख्य सडकहरूमा अत्यधिक जाम हुने गर्छ । लाइट रेल निश्चित समय तालिकामा सञ्चालन हुने भएकाले यात्रुले निश्चित समयमा आफ्नो गन्तव्यमा पुग्न सक्नेछन् ।

खर्चमा बचतः राजधानीका बासिन्दाहरू विशेषगरी पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधनहरूमा निर्भर छन्, जुन दिनानुदिन महँगो हुँदै गएको छ । इन्धनको मूल्यवृद्धिले निजी सवारी प्रयोग गर्नेहरूका लागि मात्र होइन, सार्वजनिक यातायातका भाडा पनि बढाउनेछ । लाइट रेल एक पटक स्थापना भएपछि यसको सञ्चालन खर्च तुलनात्मक रूपमा कम हुने भएकाले व्यक्तिगत र राष्ट्रियस्तरमा इन्धनको खर्चमा बचत गर्न मद्दत गर्नेछ ।

सुरक्षित र आरामदायी यात्राः यो रेल अत्याधुनिक प्रविधिबाट सञ्चालन हुने भएकाले यात्रुलाई सुरक्षित, सहज र आरामदायी यात्रा अनुभव प्रदान गर्नसक्छ । विशेष रूपमा वृद्ध, असहाय, बालबालिका र शारीरिक अपांगता भएका व्यक्तिहरूका लागि लाइट रेल एक उत्कृष्ट सार्वजनिक यातायातको रूपमा विकसित हुनसक्छ ।

सुखद संयोगको रूपमा नेपालमा पहिलो पटक रेलवेको सपना देखाउने नेता केपी शर्मा ओली अहिले झण्डै दुई तिहाइको समर्थनमा छन् । आशा गरौं कि सरकारले आगामी दिनहरूमा नेपालको रेलवेको विकासमा साँचो अर्थमा महत्वपूर्ण भूमिका खेल्नेछ । र, यो हाम्रा दैनिक जीवनको अभिन्न हिस्सा बन्नेछ ।
पर्यटन प्रवर्द्धनमा योगदानः काठमाडौं नेपालका प्रमुख पर्यटकीय क्षेत्रहरूमा एक हो भन्ने कुरामा दुई मत छैन, तर यहाँको सार्वजनिक यातायातको असुविधा र अव्यवस्थित ट्राफिक व्यवस्थापनले गर्दा पर्यटकहरूलाई सहज यात्रा गर्नमा कठिनाइ हँुँदै आएको छ । यदि काठमाडौंमा आधुनिक लाइट रेल प्रणाली स्थापना गरियो भने यसले नेपाल भ्रमण गर्न आउने विदेशी र आन्तरिक पर्यटकहरूका लागि आकर्षक विकल्प बन्नसक्छ ।

पर्यावरण मैत्री तथा स्वच्छ ऊर्जा प्रयोगः पर्यावरण मैत्री र स्वच्छ ऊर्जा प्रयोगको महत्व अत्यधिक छ– विशेषगरी उपत्यकामा वायु प्रदूषणको समस्या समाधान गर्न । डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधनहरूले हानिकारक ग्याँसहरू जस्तै, कार्बन मोनोक्साइड र नाइट्रोजन अक्साइडको उत्सर्जन गरिरहेका छन्, जसले वातावरणमा नकारात्मक प्रभाव पार्छ । लाइट रेल विद्युतीय ऊर्जा प्रयोग गरेर चल्ने भएकाले यसले कुनै विषाक्त ग्याँसको उत्सर्जन गर्दैन ।

भौतिक पूर्वाधारमा नयाँ छलाङः नेपाल मात्र होइन, दक्षिण एसियामा हालसम्म नभएको रेल संरचना निर्माण गरेर लाइट रेलले भौतिक पूर्वाधारको विकासमा एक नयाँ युगको सुरुवात गर्नेछ ।

निष्कर्ष

उपत्यकाको घना र अस्तव्यस्त बस्तीमा छोटो दूरीको स्टेशन बनाउनाले यात्रुलाई सजिलो र सुविधाजनक अनुभव मिल्नेछ । लिफ्ट, स्केलेटर र र्‍याम्पको कम प्रयोगले दुर्घटना वा प्राकृतिक प्रकोपको समयमा पुनः सञ्चालन गर्न र जमिनको सतहमा रहेका यात्रुको उद्धार छिटो र सजिलो बनाउन मद्दत गर्नेछ । सुखद संयोगको रूपमा नेपालमा पहिलो पटक रेलवेको सपना देखाउने नेता केपी शर्मा ओली अहिले झण्डै दुई तिहाइको समर्थनमा छन् । आशा गरौं कि सरकारले आगामी दिनहरूमा नेपालको रेलवेको विकासमा साँचो अर्थमा महत्वपूर्ण भूमिका खेल्नेछ । र, यो हाम्रा दैनिक जीवनको अभिन्न हिस्सा बन्नेछ ।

(इन्जिनियर अर्जुन पोखरेल अस्ट्रेलियाको एसेट स्ट्राटेजी ट्र्याकमा इन्जिनियरिङ एन्ड मेन्टनेन्स म्यानेजरका रूपमा कार्यरत छन् । त्यस्तै इन्जिनियर शिशिर नेपाल इन्जिनियरिङ एन्ड सिस्टम इन्टिग्रेसनमा वरिष्ठ प्राविधिक विशेषज्ञका रूपमा अस्ट्रेलियामै कार्यरत छन् ।)

२०८२ बैशाख २६, शुक्रबार प्रकाशित 1 Minute 134 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार