२०७८÷०५÷१३, पोखरा, सेवाका लागी युवा नेपाल द्वारा श्री कृष्ण मावि पोखरा-७, मासबारमा कोरोना बिरुद्धको अभियान अन्तर्गत स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
सेनिटाईजर(१०लि.), थर्मल गन(१ थान), अक्सिमिटर(१ थान) साथै मास्क(१० प्याकेट) लगायतका स्वास्थ सामग्रीहरु यस विद्यालयलाई हस्तान्तरण गरेको छ ।
स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा सेवाका लागी युवा नेपाल का अध्यक्ष असिल कुमार शाहिले वर्तमान युवाहरु विकृति र विसंगति तिर उन्मुख भएकाले उनिहरुलाई सुमार्गमा ल्याउन साथै संस्कृति र संस्कारलाई जगेर्ना गर्न युवाहरुलाई प्रोत्साहन गर्न प्रेरित यो संस्था जन्मेको र यो संस्थाले शिक्षा र स्वास्थय मा महत्वपूर्ण गतिविधिहरु गर्दै आएको चर्चा गर्नुभयो । कार्यक्रममा संस्थाका महासचिव प्रेम साकार र अन्य पदाधिकारीहरू र सदस्य लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा श्री कृष्ण माध्यमिक विद्यालयका प्र. अ. श्री टिकाराम लामिछाने ले स्वागत मन्तव्य संगै सरकारी बिद्यालयलाई यस्तै दाताहरूको सहयोगले नै संचालन हुने र बिशेस गरी स्वास्थ्य र शिक्षामा लगानी गर्ने हरेक संस्थाले समाजमा एकखालको सकारात्मक सोचको बिकास अनी सफलताको यात्रामा लाग्ने भन्दै धन्यवाद सहित संस्थाको सफलताको शुभकामना व्यक्त गरेका थिए साथै उपस्थित सबैमा आभार प्रकट व्यक्त समेत गरे ।
कार्यक्रमको अध्यक्षता गर्दै विद्यालयका व्यवस्थापक समितिका अध्यक्ष पुरषोतम रेग्मीले सहयोगको लागी आभार व्यक्त गर्दै आगामी दिनहरू मा पनि आवश्यक सहयोगको निरन्तरताको लागी पनि अनुरोध व्यक्त गर्दै संस्थाप्रति ख़ुशी व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको संचालन विद्यालयका सहायक प्राचार्य दिनेश वरालले सवल युवाहरू नै समाजको परिवर्तक अनी बिकासको पर्याय र सेवाको भावले चालीएका हरेक पाइलाहरू अवश्य एकदिन गन्तव्यमा पुग्ने बताए र संस्थाका सम्पूर्ण सदस्यहरूमा धन्यवाद व्यक्त सहित शुभकामना व्यक्त गरेका थिए भन्ने जानकारी बिद्यालयका प्राविधिक शिक्षा प्रमुख एवं प्रेस संयोजक सुनिल खडकाले जानकारी दिनुभयो ।
ADVERTISEMENT