
काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर दुई हजार चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६ सय ५८ पीसीआर परीक्षणमा १ हजार ६ सय १९ जना र ३ हजार ९ सय ९२ एन्टिजेन परीक्षणमा ३ सय ८५ जना गरी २ हजार ४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा नमुना परीक्षण गरिएकामध्ये १३ दशमलव ६७ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो । नेपालमा कोरोना भाइरसको सङ्क्रमण हुनेको सङ्ख्या आठ लाख ५० हजार २ सय ८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा एक हजार आठ सय ४६ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख २१ हजार एक सय ८२ पुगेको छ ।
हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३३ हजार ९ सय ४६ रहेको छ जसमध्ये ३१ हजार ६ सय १९ जना होम आइसोलेसनमा र २ हजार ३ सय २७ जना संस्थागत आइसोलेसनमा छन् ।