२०८१ बैशाख १३ बिहीबार

अनेरास्ववियु जनप्रियको पहलमा जनप्रियमा अध्यनरत बिध्यार्थीहरूलाई खोप आऊदै ।

पोखरा । अनेरास्ववियु जनप्रिय क्याम्पस कमिटिले क्याम्पसमै खोप केन्द्र राखी विद्यार्थीहरूलाई कोरोना विरूद्धको खोपका लागि सहयोग गरिदिन क्याम्पस प्रशासन समक्ष माग गरेको छ ।

सोमबार अनेरास्ववियुले परीक्षा दिइरहेका, परीक्षा तालिका प्रकाशित भएका लगाएत जम्मा ५ हजार ५ सय प्राथमिकतामा राखेर तत्काल खोपका लागि पहल गरिदिन पोखरा महानगर स्वास्थ्य महाशाखामा माग अनुरोध गरेको जानकारी गराउँदै, उक्त खोप लगाउने दिनमा अवश्यक तयारीका निम्ति क्याम्पस प्रशासनले सहजीकरणको भुमिका निर्वाह गरिदनका निम्ति अनुरोध गरेको हो ।

क्याम्पसका सबै ५ हजार ५ सय विद्यार्थीलाई नै तत्काल खोप लगाउन पहलकदमी कदम चालिएको अनेरास्ववियु क्याम्पस कमिटिका संयोजक किसान भण्डारीले जानकारी गराए । ‘विद्यार्थीका लागि कोरोना विरूद्ध खोप उपलब्ध गराउन हामी आवश्यक पहल गरेका छौँ, उनले भने निकै मेहनतका साथ तथ्याङ्क संकलन गरि सम्बन्धीत निकाएमा वुझाएका हौँ, महानगरले खोपको व्यवस्था गरिसकेको छ र अब क्याम्पस प्रसासनले पनि आवश्यक सहयोग गर्ने अनेरास्ववियु क्याम्पस कमिटीले पुर्ण विश्वास लिएको छ । यसले सम्पूर्ण बिध्यार्थीहरू मा खोप लगाउन पाउने हुदा उक्त दिन सबैलाई आउनका निम्ति आग्रह समेत गरेका छन ।

२०७८ भाद्र २२, मंगलवार प्रकाशित 1 Minute 608 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार