२०८१ चैत्र ११ सोमबार

रगत अभाव हुन नदिन अष्ट्रेलियामा जुटे नेपालिहरू ।

रगत अभाव हुन नदिन अष्ट्रेलियामा जुटे नेपालिहरू

अष्ट्रेलिया । सिड्नी,७ । जन्म थलो नेपाल भएर कर्म थलो अष्ट्रेलिया बनाएका नेपालीहरु अष्ट्रेलियामा विभिन्न सामाजिक काममा सक्रिय भईरहेका छन् ।
नेपाली समुदायका लागि मात्र हैन अष्ट्रेलिया सरकारका विभिन्न कार्यक्रममा समेत सामाजिक कार्य मार्फत सहयोग गरिरहेका नेपाली समुदायले रक्तदान कार्यक्रम मार्फत रगत अभाव कम गर्न सहयोग गरेका छन् ।
जन्मथलो नेपाल भएपनि आफ्नो कर्मथलोमा हुने प्रकृतिक विपदका कारण रगत अभाव नहोस भन्ने उद्देश्य राखेर रुपन्देहि सामाजिक सञ्जाल अष्ट्रेलिया (RSNA) को आयोजना, फेडरेशन अफ नेप्लिज कम्यूनिटि एसोसियन अष्ट्रेलिया (फेन्का ) न्यू साउथ वेल्थ तथा नेप्लिज ब्लड डोनर्स एसोशियन(NBDA) अष्ट्रेलियाको सहकार्यमा एक विशेष कार्यक्रमका विच लाइफ ब्लड सेन्टर, टाउनहल सिडनीमा रक्तदान कार्यक्रम हिजो शनिवार सम्पन्न गरेको छ ।

कार्यक्रममा १ जनाले प्लाज्मा दान गरेका छन् भने ७ जनाले होल ब्लड रगत दान गर्नुभएको छ । प्लाज्मा दान गर्नु हुनेमा सविना वश्याल र होल ब्लड प्रदान गर्नु हुनेमा क्रमःश मुक्तिराम पोखरेल , दिवाकर काफ्ले , सरोज पाण्डे ,सञ्जन उप्रेती , शंकर शर्मा ,राजु खनाल र प्रदिप खनालले रक्तदान गरेका थिए ।

RSNA अष्ट्रेलियाका अध्यक्ष दिवाकर काफ्ले को अध्यक्षता NRNA अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलको प्रमुख आथित्यता तथा RSNA का महासचिव सुचना पाण्डेको सञ्चालनमा भएको सो कार्यक्रममा उपस्थित अतिथि तथा सहभागिहरुलाई कार्यक्रम RSNA का संरक्षक तथा फेन्का न्यू साउथ बेल्थ का डेपुटि कोडिनेटर मुक्तिराम पोखरेलले कार्यक्रमको उद्धेश्य तथा महत्व माथि प्रकाश पार्दै अष्ट्रेलियामा हुने रगतको अभावलाई परिपूर्ती गर्न यस्ता कार्यक्रम निरन्तर गरिरहने र जो कोहि पनि इच्छुक महानुभावले पनि आफ्नो पाएक पर्ने ब्लड सेन्टरमा गएर पनि बाट निरन्तर रुपमा रक्तदान गर्न सकिने पोखरेल ले बताएका थिए साथै प्रमुख आथिति बाट आफ्नो धारणा राख्दै NRNA का अध्यक्ष अनिल पोखरेलले आफ्नो धारणाहरु राख्दै मानव जिवन बचाउने जस्तो महत्वपूर्ण “रक्तदान जिवनदान “जस्तो पुण्य कार्य गरेकोमा ३ वटै संस्थाले गरेको कार्यको प्रशंशा गर्नु भएको थियो भने अन्य संघ संस्थाहरुले मानव लाई बचाउन यस्तो महत्वपूर्ण कार्य रक्तदान एवं उत्प्रेरणामुलक कार्यक्रमहरु गर्न अन्य सामुदायिक संघ संस्थालाई पनि आह्वान गर्नु भएको थियो ।

साथै सो कार्यक्रममा फेन्का अष्ट्रेलियाका उपाध्यक्ष डा मधुसुदन पुडासैनि RSNA का संस्थापक अध्यक्ष राज खनाल , NBDA अष्ट्रेलियाका अध्यक्ष एवं RSNA का उपाध्यक्ष रञ्जिता भण्डारी RSNA का कोषाध्यक्ष प्रदिप पन्थि लगायतका ले रक्तदान जिवन जस्तो पुण्य कार्य गरेको भन्दै कार्यक्रमको सरहना गर्दै एउटै उद्देश्य मिल्ने संघ संस्थाहरु एक आपसमा सहकार्य , समन्वय गरी मानविय हितका लागि अगाडि बढ्नु पर्ने भन्दै आ -आफ्नो धारणा ब्यक्त गर्नु भएको थियो भने सो कार्यक्रममा आयोजक संस्थाका पदा धिकारी सदस्य एवं विभिन्न क्षेत्रका नेपालि समुदायको उत्साहापूर्वक उपस्थिति रहेको थियो ।

२०८१ मंसिर २३, आईतवार प्रकाशित 1 Minute 157 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार