२०७९ चैत्र १९ आईतवार

भारतसँग झुक्दै नझुक्ने हक्कि निडर नेता केपि ओली बाहेक अन्य कुनै रास्ट्रबादि नेता देखिएन ।।

भारतसँग झुक्दै नझुक्ने हक्कि निडर नेता केपि ओली बाहेक अन्य कुनै रास्ट्रबादि नेता देखिएन : लक्ष्मण बहादुर धामी

नेपाल भारत शान्ति तथा मैत्री सन्धि १९५० पश्चात् भारतीय सेना नेपालको कालापानी क्षेत्रमा प्रवेश गरी औपचारिक रूपमा १९६२ देखि बस्न थालेको देखिन्छ । त्यो बेला देखि हालसम्म पनि भारतीय सेनाको उक्त क्षेत्रमा उपस्थिति रहेकोमा नेपालले वि.सं.२०५१ देखि निरन्तर उठी रहे पनि यसअघि कुनै कार्यवाही अगाडि बढेको थिएन ।
(केपि ओलीको राष्ट्रवादी कार्य)

कोरोना कहरको अवस्थामा विश्व नै लकडाउनमा रहेको बेला भारतको राजधानी दिल्लीमा भारतका रक्षामन्त्री राजनाथ सिंहले लिपुलेक सडकको भिडियो कन्फ्रेन्सबाट उद्घाटन गरेको समाचार बाहिर आयो ।
त्यसको नेपालले तत्काल डिप्लोम्याटिक नोट जारी गरी विरोध जनायो तर भारतले डिप्लोम्याटिक नोटका बारेमा त्यति चासो लिएन । नेपाल सरकारले हालसम्मका प्रमाण कागजहरू समेतको आधारमा महाकालीको मुख्य मुहान लिम्पियाधुराबाट आउने नदी भएको प्रमाणित भइसकेकोले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भएको तर लामो समय देखि भारतले अतिक्रमण गरिरहेकोले सो क्षेत्रलाई समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा प्रकाशन गर्ने निर्णय गर्‍यो, जसको अगुवाइ वर्तमान प्रधानमन्त्री केपि शर्मा ओलीले गरे ।
सिमाका बारेमा नेपालमा लामो समय देखि राजनीति भइरहे पनि वास्तविक सरकारी स्तलिपुलेक र कालापानी समेतको क्षेत्रको सीमा सहितको नक्सा विस्तार गर्ने ऐतिहासिक निर्णय वर्तमान केपि ओली सरकारले गर्‍यो ।
कालापानी लुपिलेक लिम्पियाधुरा केपि वली ले नेपालकाे नक्सा मा राख्दा खेरि नि अहिलेका बरिस्ठ प्रधानमन्त्री जी ले भारतकाे एउटा जबाफ पनि नदिदा के याे सरकार भाेलीकाे दिनमा सफल हाेला? अहिले काे सरकारकाे बिकास प्रति धारणा के हाे ?
अघिल्लो केपि वली काे सरकार का अरबाैका बिकास याेजनाका बजेट काट्नु बिकास हाे?
मन्त्रालय फुटाई फुटाई मन्त्री थपरे राज्य दाेहन गर्नु बिकास हाे? वा कुनै निर्माण काे अनुगमनमा गएर कुनै मन्त्री ले एक रात बसेकाे ५ लाख भन्दा बढिकाे बिल निकाल्नु बिकास हाे?
वा प्रत्यक्ष २५ लाख र अप्रत्यक्ष ४५ लाख भन्दा बढी मान्छे काे लगानी शेयर बजार लाई घरायसी गर्नु बिकास हाे? जब केपि ओली प्रधानमन्त्री हुदा यसरी बिकास हुन्थ्याे, भुकम्प ले ढलेका लाखाैँ घरहरु ठडिए,हजारौं बिधालय हरु ठडिए, हजारौं मठ मन्दिर ,गुम्बा ,चर्च ठडिए ऐतिहासिक धराेहर ठडिए, र ठडियाे हाम्रो धरहरा। याे केबल धरहरा मात्रै ठडिएकाे हाेईन । नेपाली जनताकाे स्वाभिमान ठडिएकाेहाे। प्राकृतिक प्रकाेप ले ध्वस्त पारेका संरचना हरु ठिएका छन ,र उठ्ने क्रम मा छन बर्षाे देखिकाे सपना सकार पर्ने तल्लिन छ भन्ने पनि उदाहरण पनि हाे।
सम्पदाहरुकाे पुननिर्माण बन्दै गरेकाबाटाहरु,पुलहरु,सुरुङ्गहरु,अस्पताल हरु,बिमानस्थलहरु,कलकारखाना तथा कृषि उधमहरु हेर्दा लाग्छ साच्चै नै हाम्रो पाईला समृद्ध नेपाल सुखी नेपाली निर्माण काे महान लक्ष्य तर्फ अगाडि बढेकाे छ ।अझ पछिल्लो समय हाम्रो दशमा लामाे बाटाहरुलाई छाेटाे र दुर्घटना रहित बनाउन सुरुङ्ग मार्गमा प्रबेश गरेकाे छ।

२०७८ माघ ७, शुक्रबार प्रकाशित 0 Minutes 148 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।