२०८१ चैत्र ११ सोमबार

शिक्षक हुँदा को अनुभव (गर्ब लाग्छ ) !!!– ✍️ सुनिल खड्का

शिक्षक हुँदा को अनुभव (गर्ब लाग्छ ) !!!
✍️ सुनिल खड्का
पोखरा-८
म सुनिल खड्का एक शिक्षक, मलाई मान्छेहरु मेरो कमाई सोध्छन् ,खासमा भन्नुपर्दा त्यो महिनाभरी गरेको मेहेनत को अगाडि महिनाको अन्तिम मा आएको त्यो तलब तपाईले सोचे भन्दा निक्कै कम हुन्छ। तर खुसी लाग्छ मैले पैसा कति कमाए यो भन्दानी मैले कति बिध्यार्थी आफ्नो बनाए त्यो सोचेर। दाम थोरै नै कमाए होला तर मैले समाजमा एउटा इज्जत कमाए।

शिक्षक शब्दमा प्रयोग भएको अक्षर  शि ले `शिखरमा लैजाने मान्छे` , क्ष ले `क्षमा गर्ने ब्यक्ति` र क ले `कमजोरी दूर गर्ने ब्यक्ति´ लाई पनि जनाउँन सकिन्छ ।

शिक्षक शब्द गुरु शब्दसँग समान अर्थ राख्छ। यहाँ `गुरु´ को `गु´ ले अंधकार र `रु´ ले तेज लाई जनाउँछ। ज्ञान रुपि प्रकाश दिएर अंधकारलाई हटाउने  ब्यक्ती नै गुरु मानिन्छ ।
खुसी लाग्छ कसैले मेरो नामको पछाडी सर ( गुरु) जोडिदिदा, खुसी लाग्छ बिध्यार्थी हरुले एकाबिहानै कक्षा प्रबेश गर्दा सर चकलेट भनी दिदा, खुसी लाग्छ जब उनिहरु सर लाई आज कति राम्राे देखिएको भनी तारिफ गर्छन् । म भन्दा धेरै आग्रज बेक्तित्वो हरुको साथ मा पढाउनु मेरो सौभग्य जस्तो लागिरहेछ र धेरै ज्ञान् साथ सहयोग गर्नुहुदा खुसि लगेको महसुस हुदोरहेछ ।
` एहि हो मैले कमाएको, बस एत्तिमै सन्तुष्ट छु, खुसी छु आफू सङ्ग ´।।

२०७८ माघ १२, बुधबार प्रकाशित 1 Minute 763 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार