मलाई छाडी अन्तै किन सर्किएको त ?
माया गर्ने मान्छे संग किन तर्किएको त ?
मलाई कुराइ अन्तै बाटो मोड्ने तिमी
किन भनी प्रश्न गर्दा किन झर्किएको त ?
प्रत्येक सवालको जवाफ नहुन सक्छ
गर्यौ र माया?भन्दा फेरि मन रुन सक्छ
भनेको थिइन कहिले पनि म तिम्रो हुन्छु
लेखिदेउ बिछोडको शब्द मन छुन सक्छ
त्यो दिल शिशा सरि चर्किएको रैछ
दिएको थिए मुट,अब फर्किएको रैछ
बसाइ सरेछु पत्तै पाइन मैले पनि
दुई कदम अघि बढ्दा उ पर्खिएको रैछ
मेरो दिललाई शिशा सरि नचर्काउ सानु
तिम्रो मुटु म संगै छ, अब नफर्काउ सानु
समाउ मेरो हात, अनि हिड्नु पर्छ संग संगै
धेरै पर्खें अर्को जुनी नपर्खाउ सानु …
आउने छैन तिम्रो बाटोमा नपर्खनु सानु
अतीत सम्झी पछिल्तिर नफर्कनु सानु
दोबाटोमा पुग्या रैछौ गन्तव्य फरक पर्यो
एक्लोपन नि गाह्रो होला नतर्कनु सानु
तिमी आउने बाटोमा नै पर्खदै छु सानु
आँखा चिम्ली तिमी तिरै फर्कदै छु सानु
छिट्टै आउनु तिमी पनि सम्झेर मलाई
यो भिडमा अरु संग तर्कदै छु सानु !!
मलाई छाडी अन्तै किन सर्किएको त ?
माया गर्ने मान्छे संग किन तर्किएको त ?
मलाई कुराइ अन्तै बाटो मोड्ने तिमी
किन भनी प्रश्न गर्दा किन झर्किएको त ?
प्रत्येक सवालको जवाफ नहुन सक्छ
गर्यौ र माया?भन्दा फेरि मन रुन सक्छ
भनेको थिइन कहिले पनि म तिम्रो हुन्छु
लेखिदेउ बिछोडको शब्द मन छुन सक्छ
त्यो दिल शिशा सरि चर्किएको रैछ
दिएको थिए मुट,अब फर्किएको रैछ
बसाइ सरेछु पत्तै पाइन मैले पनि
दुई कदम अघि बढ्दा उ पर्खिएको रैछ
मेरो दिललाई शिशा सरि नचर्काउ सानु
तिम्रो मुटु म संगै छ, अब नफर्काउ सानु
समाउ मेरो हात, अनि हिड्नु पर्छ संग संगै
धेरै पर्खें अर्को जुनी नपर्खाउ सानु …
आउने छैन तिम्रो बाटोमा नपर्खनु सानु
अतीत सम्झी पछिल्तिर नफर्कनु सानु
दोबाटोमा पुग्या रैछौ गन्तव्य फरक पर्यो
एक्लोपन नि गाह्रो होला नतर्कनु सानु
तिमी आउने बाटोमा नै पर्खदै छु सानु
आँखा चिम्ली तिमी तिरै फर्कदै छु सानु
छिट्टै आउनु तिमी पनि सम्झेर मलाई
यो भिडमा अरु संग तर्कदै छु सानु !!