२०८१ बैशाख १३ बिहीबार

के हुन मन छ !!!! लेखक: बिमल सुबेदि (GOLDEN 🐝)

म भित्र छ…..
एउटा बिचार,एक सोच,एक बिवेक सायद एक चेतना तर पनि म ब्युझन्छु तर तन्द्रामा ! रिशको एक भुङ्ग्रामा,कहिलेकाहि म नै जागृत हु कि भन्ने जस्तो भाम लाग्छ ।कहिलेकाहि मेरो मन ब्रम्ह मान्छ यो कस्तो प्रपञ्च..,आफैले म आफैसंग सोध्छु कि म को हु ? म मनै हो त भन्ने जस्तो पनि लाग्छ अनि म को अर्थ नै भाग्दछ म आफैबाट!!
अहो यो जगत बुझ्नै गाह्रो…
कुर्दै छ त केवल मृत्युको झटारो…!!!!

म विलाएको तारा हु !!!!!
यो विशाल आकासबाट नसम्झनु कसैले पनि कि म हराए,डराए…किनकि चल्दैछ म भित्र एउटा नराम्रो घर्षण,संघर्ष,चाप अनि ताप ! त्यो भन्दा अघि नआउनु मेरोनजिक कोहिपनि किनकि म निल्न सक्छु,तान्न सक्छु ! म भित्रको मेरो अध्यारोको घेरामा कहि न कहि बाध्न सक्छु । त्यसैले..पर्ख पर्ख हतार नगर यहा कुनै मेलालागेको होइन ! केहि समय धैर्य गर म उदाउनेछु पक्कै पनि भरोसा गर !!!

त्यसैले……
के हुन मन छ ?
मलाइ म हुन मन छ
खोज्दैछु नमन को छ
यो म हुन खोज्नु पनि
म मै घमण्ड हुनु हो
त्यसैले मलाइ अब
म गुमाउनु छ
भित्रको म
बाहिरको म
तादात्म्य हुनु छ
साच्चै भनुम
मलाइ चित्र होइन चरित्र जोड्नु छ !
ध्रुवलाइ चिर्नु छ
एक्लै म हिड्नु छ
हो मलाइ अरु होइन
निखर आफुलाइ बुझ्नु छ………!!!!!!!!!!

२०७८ भाद्र ११, शुक्रबार प्रकाशित 0 Minutes 426 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार