२०८१ बैशाख १२ बुधबार

बाढी-पहिरो पिडितका लागि एनआरएनए अष्ट्रेलियाद्वारा सहयोग अभियान संचालन।

सिड्नी, गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले नेपालको बिभिन्न स्थानहरूमा गएको बाढी तथा पहिरो बाट पिडितहरुका लागि आर्थिक सहयोग अभियान संचालन गरेको छ।

नेपालमा दशैं पछि केही दिनसम्म परेको अविरल वर्षाका कारण विभिन्न ठाउँमा बढी-पहिरो गएको छ। उक्त बाढी-पहिरोबाट धन-जनको क्षति भएको छ। कैयौंले ज्यान गुमाएका छन्, कैयौं घरबार विहिन भएका छन् भने कैयौंको खेतीपाती नष्ट भएको छ। नेपालमा विपत परेको यो समयमा आफ्नो धर्म तथा कर्तव्य सम्झेर सहयोग गर्न एनआरएनए अष्ट्रेलियाले आफ्ना सदस्य तथा अष्ट्रेलियावासी नेपाली समुदायलाई आग्रह गरेको छ।

एनआरएनए अष्ट्रेलियाले बाढी-पहिरोमा परी ९० जनाभन्दा बढीले ज्यान गुमाउनु परेको र १० हजार जना घरबारविहिन भएको उल्लेख गर्दै सबै समक्ष सहयोगको लागि अपिल गरेको हो। सहयोग गर्न इच्छुक व्यक्तिले एनआरएनए अष्ट्रेलिया डिजास्टर रिलिफ एकाउन्टको तल उल्लेखित खाता नम्बरमा रकम जम्मा गर्न सकिने कुरा एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष एवं न्यु साउथ वेल्स राज्य संयोजक देव बहादुर गुरुङले बताए ।

BSB: 032006
Account Number: 595128

२०७८ कार्तिक ८, सोमबार प्रकाशित 1 Minute 164 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार