२०८१ बैशाख ८ शनिबार

एनआरएन अष्ट्रेलिया एनएसडब्लुले अनलाईन स्क्याम बारे सचेतना कार्यक्रम गर्ने ।

हामिले बिभिन्न माध्यमहरू बाट सुनीएको र भोगीएको घटना हो साईबर स्क्याम यसमा बिभिन्न तरीक़ा बाट कहिले के कम्पनी कहिले अष्ट्रेलियन कर कार्यलय, कहिले प्रहरी कार्यलय र कहिले के भनेर फ़ोन मार्फ़त फकाइ फुलाई त कहिले धम्कीको भाषा प्रयोग गरी ठगीएको छ यस्तै बिषयमा हज़ारौ नेपालीहरू स्क्यामको शिकार बनिरहेको यो अवस्थामा ग़ैर आवासीय नेपाली संघ अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यले अष्ट्रेलियाको संघिय प्रहरी एएफपी र अष्ट्रेलियन कर कार्यलय एटिओसंग मिलेर अनलाईन ठगीबारे जनचेतना मुलक कार्यक्रम गर्ने भएको छ ।

अक्टोबर २९ शुक्रबार सिड्नी समय अनुसार साझ ६ देखि ८ बजेसम्म जुम मार्फत यस्तो कार्यक्रम गर्न लागिएको हो । कार्यक्रमा एएफपीका तर्फबाट कन्सटेबल जेसनले साइवर र अनलाईन ठगी बारे तथा एटिओका च्यारल गोर्डनले कर सम्बन्धी ठगी बारे प्रस्तुती दिने तय भएको न्यु साउथ वेल्सका एनआरएनए संयोजक देव गुरुङले बिश्वपाटिलाई जानकारी दिनुभयो । कार्यक्रममा न्यु साउथ वेल्सका नेपाली महावाणिज्यदुतावास, नेपलिज अष्ट्रेलियन एशोसियसन र फेन्काले पनि सहकार्य गरेको छ । त्यस्तै न्यु साउथ वेल्सको कम्युनिटी एण्ड जस्टिसले समेत कार्यक्रम आयोजना गर्न सघाएको छ ।

अष्ट्रेलियामा रहेका नेपालीहरु अनलाईन ठगीमा परेपछि मात्रै सहयोगका लागि भौतारिने गरेका छन् । त्यहि भएर पनि नेपालीलाई यस्तो ठगीमा पर्नै नदिनका लागि चेतनामुलक कार्यक्रमको आयोजना गर्न लागिएको एनआरएन अष्ट्रेलिया न्यु साउथ वेल्स राज्यका उप-प्रमुख सुकृति भट्टले बताए । कार्यक्रममा सहभागी भएर मौकाको फाइदा उठाउन गुरुङले सबैलाई आग्रह समेत गर्नुभयो । कार्यक्रममा सहभागी हुन निम्न जुम आइडी र पासकोडको प्रयोग गर्नुहोला।

२०७८ कार्तिक ११, बिहीबार प्रकाशित 1 Minute 492 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार