मुम्बई ड्रग्स केसमा पक्राउ परेका आर्यन खान २८ दिनपछि आफ्नो घर मन्नत पुगेका छन् । आर्यनलाई क्रुजबाट २ अक्टोबरमा पक्राउ गरिएको थियो, त्यसपछि उनी ७ अक्टोबरदेखि लगातार न्यायिक हिरासतमा थिए । बम्बे हाइकोर्टबाट आर्यन खानले २८ अक्टोबरमा जमानत पाएका थिए ।
यद्यपि, कागजी कारवाही पूरा नभएकमा कारण उनी जेलबाट बाहिरिन पाएका थिएनन् । जमानतपछि उनी जेलबाट बाहिर आएपनि उच्च न्यायालयले उनलाई विभिन्न शर्तसहित जमानत दिएको छ । यसका पालना आर्यन खानले जेलबाहिर पनि गर्नुपर्नेछ ।
आर्यन खानमाथि हुनेछन् यस्ता प्रतिबन्धः
– अदालतबाट अनुमति नलिई देशबाहिर जान सक्ने छैनन्
– पासपोर्टलाई स्पेशल एनडीपीएस कोर्टलाई सुम्पिनुपर्ने
– आर्यन यस्ता खालका अपराधमा पुनः समावेश हुने छैनन्
– केसमा जाँच अधिकारीको जानकारी बिना मुम्बई बाहिर जान पाउनेछैनन्
– सह–आरोपीसँग सम्पर्क स्थापित गर्न पाउने छैनन् आर्यन
– कारवाहीबारे सोसल मिडिया वा मिडियामा कुनै बयान दिन पाउनेछैनन्
– हरेक शुक्रबार बिहान ११ देखि अपरान्ह २ बजेका बीच एनसीबीको कार्यालयमा उपस्थित भनेर दर्ता गराउनुपर्ने
– सुनुवाईका बेला अदालतमा पेश हुने ।
– एनसीबीले बोलाउँदा कार्यालय पुग्ने
– मुद्दामा कुनै प्रकारको ढिलाई गर्ने कोसिस नगर्ने
एजेंसी ।