
नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मंच, अष्ट्रेलियाको युवा बिभाग प्रवासी नेपाली युवा मंचको इंचार्जमा भुवन पाण्डे र सह-इंचार्जमा बिशाल राना मगर चयन भएका छन ।
प्रवासी नेपाली मंच अष्ट्रेलियाको केन्द्रीय कमिटीको बैठक बाट सर्वसम्मत इंचार्ज र सह-इंचार्जको नाम घोषणा भएको थियो ।
प्रवासी नेपाली युवा मंच गत अक्टोवर १० गते घोषणा भएको थियो र युवा मंचलाई मार्गनिर्देशन सहित चलायमान बनाउन इंचार्ज र सह-इंचार्जको ज़िम्मेवारी बांडफाड़ गरीएको प्रवासी नेपाली मंच अन्तराष्ट्रिय कमिटीका सचिव एवं प्रवासी नेपाली मंच अष्ट्रेलियाका निवर्तमान अध्यक्ष रमेश पाण्डेले बताए साथै यस युवा मंचलाई गतिशील र अष्ट्रेलियामा रहेका सम्पूर्ण युवाहरूको प्रतिनिधित्व हुने गरी काम गर्नका निम्ति शुभकामना समेत व्यक्त गरेका थिए ।
यस अघी क़रीब दश वर्ष लामों समय प्रवासी नेपाली मंच अष्ट्रेलियाको बिभिन्न बिभाग, राज्य कमिटी र केन्द्रीय कमिटीमा संगै बिभिन्न ज़िम्मेवारीमा रहेर कुशलतापुर्वक कार्य सम्पन्न गरिसकेका भुवन पाण्डेलाई इंचार्जको ज़िम्मेवारी साथै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन (अनेरास्ववियु) को नविना लामा अध्यक्ष रहेको बेलामा केन्द्रीय कमिटीमा निर्वाचित भई नेपालमा युवा बिधार्थि माझ लामों समय काम गर्दै लोकप्रिय र अष्ट्रेलियामा समेत प्रवासी नेपाली मंचको केन्द्रीय कमिटीमा रहेर काम गर्दै आएका बिशाल राना मगरलाई सह-इंचार्जको ज़िम्मेवारी प्रदान गरेको छ ।
प्रवासी नेपाली मंचको केन्द्रीय कमिटीले ज़िम्मेवारी प्रदान गरे संगै सह-इंचार्ज बिशाल राना मगरले यस प्रवासी नेपाली युवा मंचलाई अष्ट्रेलिया मा सामाजिक सेवा अनी युवाहरूको भावना बुझेर त्यस अनुरूप लाग्न हरपल साथमा रहने बताए संगै प्रवासी नेपाली मंचको निर्देशनलाई पूर्ण रुपमा पालना गराउन र युवा साथीहरूको माग अनी योजनालाई सही ढंगले व्यवस्थापन गर्न बिभिन्न तवर बाट सहयोग र सहजीकरण गर्ने इंचार्ज भुवन पाण्डेले बताए ।
त्यसै प्रवासी नेपाली युवा मंचका अध्यक्ष अरुण गौतमले हिजो नेकपा एमालेको बिभिन्न मोर्चामा लामों समय काम गरेका अनुभवी अनी सरल इंचार्ज र सह-इंचार्जको ज़िम्मेवारी प्रति प्रवासी नेपाली मंच अष्ट्रेलियाले राम्रो निर्णय र मुल्यांकन गरेको बताए साथै यस ज़िम्मेवारीले युवा मंचलाई काम गर्न थप सहज अनी मजबुत बनाउने बिश्वास लिएको बताए ।
त्यस्तै प्रवासी नेपाली युवा मंचका महासचिव अनिल खड़काले हिजो मंचले युवा मंच घोषणा गर्दा देखी नै बैचारिक अनी सवल नेतृत्वको बिकास र काम अनी सक्रियताको आधारमा ज़िम्मेवारी दीएको प्रति बिशेष आभार र इंचार्ज अनी सह-इंचार्जको ज़िम्मेवारी प्रदान सही ढंगले व्यवस्थापन गरेको प्रति धन्यवाद समेत व्यक्त गरेको कुरा प्रवासी नेपाली युवा मंचका सचिव बिरोध थिंगले बिश्वपाटीलाई बताए ।