२०८१ बैशाख १३ बिहीबार

अनेरास्ववियु पोखरा महानगर कमिटीले हाजिरी जवाफ प्रतियोगिता गर्ने ।

पोखरा, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिध्यार्थी युनियन (अनेरास्ववियु) पोखरा महानगर कमिटीले महानगर भित्रका सम्पूर्ण सामुदायिक माध्यमिक बिध्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

यही आऊदो मंसिर २४ गतेका दिन आयोजना गर्न लागेको उक्त प्रतियोगितामा प्रत्यक बिध्यालय बाट ३ जना उपस्थिति हुन पाउने र त्यसमा एकजना छात्रा अनिवार्य हुनुपर्ने छ र प्रतियोगिता पोखरा महानगर भित्रको कुनै एक सामुदायिक बिध्यालयमा आयोजना गरिने भएको छ ।

उक्त हाजिरी जवाफ प्रतियोगितामा प्रथम हुने लाई नगद दश हजार सहित प्रमाण पत्र, दोस्रो हुनेलाई सात हज़ार पाँच सय सहित प्रमाण पत्र, तेस्रो हुनेलाई पाँच हज़ार सहित प्रमाण पत्र र सान्त्वना स्थान हासिल गर्नेलाई दुई हज़ार पाँच सय सहित प्रमाण पत्र सहित सम्मान रहेको छ ।

अनेरास्ववियु पोखरा महानगर कमिटीका संयोजक बिनोद भण्डारीले अनेरास्ववियु सदैव बिध्यार्थीका समस्या, अधिकार र कर्तव्यका लागी काम गर्ने संगठन रहेको बताए साथै यस्तै खालका रचनात्मक अनी सृजनात्मक कार्यक्रमहरुको आगामी दिनमा समेत गर्ने बताए र यस प्रतियोगितालाई सफल पार्न सबै सरोकारवाला समक्ष आव्हान गरेका छन।

पोखरा महानगर कमिटीले बिगतमा र आऊदो दिनमा समेत यस्तै खालका कार्यक्रम जसले युवा बिध्यार्थीको व्यक्तित्व, सामाजिक अनी बौद्धिकता बिकासमा काम गर्दै र गर्ने कुरा सह-संयोजक डीएन लामिछानेले बताए ।

२०७८ कार्तिक २६, शुक्रबार प्रकाशित 1 Minute 436 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार