२०८१ बैशाख १२ बुधबार

एमालेको संगठन प्रवासी नेपाली मंच युएईले ३२१ सदस्यीय युवा जत्था तयार गर्यो ।

प्रबासी नेपाली मंच युएईले २०७८ साल मंसिर ३ गते शुक्रबार डि बि कार्किको अध्यक्षतामा ६ जना पदाधिकारी र १६ जना संयोजकहरु सहित ३२१ सदसीय प्रबासी नेपाली युवा मंच गठन गरेको छ प्रबासी नेपाली मंच युएईका अध्यक्ष महेश गिरि ज्यु को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा माननीय पुर्ब मन्त्री महेश बस्नेत ज्युको प्रमुख अतिथि रहेको थियो । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष किरण पौडेल , प्रबासी नेपाली मंच अन्तराष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङ , सचिब रमेश पाण्डे , मध्यपुर्ब इन्चार्ज चानक पोख्रेल र प्रबासी नेपाली मंच युएईका पुर्ब अध्यक्ष श्याम कंडेल ज्यु लगायतका बिशेष अतिथि हरुको उपस्थिति मा कार्यक्रम भएको थियो ।प्रबासी नेपाली मंच युएईका महासचिब टक बहादुर गुरुङ्ले कार्यक्रम संचालन गर्नु भएको थियो भने कार्यक्रममा प्रबासी नेपाली मंच युएईका सचिबालय कमिटी सदस्य बाबुराम सापकोटा ज्युले स्वागत मन्तब्य राख्दै कार्यक्रममा उपस्थित प्रमुख अतिथि , बिशेष अतिथि हरु , अतिथि हरु एवम् सम्पुर्ण उपस्थित महानुभाब हरुलाई स्वागत गर्नु भएको थियो ।

उक्त कार्यक्रमा राष्ट्रिय युवा संघ नेपाल का केन्द्रीय अध्यक्ष किरण पौडेलले सम्पुर्ण युवा मंच युएईका निर्बाचित पदाधिकारी एवम् सदस्य हरुलाई सफत ग्रहण गराउनु भएको थियो । आज भन्दा १० बर्ष पहिल युएईमा महेश गिरि ज्युको अध्यक्षमा गठन भएको युवा मंच आज उनै महेश गिरि अन्तराष्ट्रिय कमिटीका युवा तथा खेलकुद बिभाग प्रमुख हुनुभएकोमा खुशि ब्यक्त गर्दै बधाई तथा शुभकामना ब्य्क्त गर्नु भएको थियो । अब प्रबासमा रहेका करिब ६५/७०लाख युवा बिच यो संगठन बिस्तार गरि हरेक देशमा यस्तै प्रबासी नेपाली युवा मंच गठन गर्नु पर्ने धारण मध्यपुर्बका इन्चार्ज चानक पोख्रेल ज्युले राख्नु भएको थियो । शुभकामना मन्तव्य कै क्रममा प्रबासी नेपाली मंच अन्तराष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङ ज्युले निर्बाचित सम्पुर्ण पदाधिकारी एवम् सदस्य हरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्नु भएको थियो । हामी प्रबासमा रहे पनि आफ्नो मातृभूमि प्रतिको माया अति रहिरहने र प्रबास मा रहे पनि पार्टीका श्रद्ध्य अध्यक्ष के पि ओलि ज्यु को समृध्द नेपाल सुखी नेपाली भन्ने अभियान लाई सहयोग गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि माननीय महेश बस्नेत ज्युले सम्पुर्ण निर्बाचित पदाधिकारी एवम् सदस्य हरुलाई बधाई एवम् शुभकामना ब्यक्त गर्नु भएको थियो भने अध्यक्षता गर्नु भएका प्रबासी नेपाली मंच युएई का अध्यक्ष महेश गिरि ज्युले सम्पुर्ण पदाधिकारी एवम् सदस्य हरुलाई बधाई एवम् शुभकामना ब्यक्त गर्दै सम्पुर्ण अतिथि ज्यु हरुलाई कार्यक्रम सफल भएकोमा धन्यवाद ज्ञापन गर्नु भएको थियो।

२०७८ मंसिर ५, आईतवार प्रकाशित 0 Minutes 425 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार