
नेकपा एमालेको युवा संगठनअन्तर्गत रहने भनिएको ‘साइबर सेना’ को नाम परिवर्तन गरीने भएको छ ।
एमाले युवा नेता महेश बस्नेतले प्रस्ताव गरेको साइबर सेनाको नाम परिवर्तन गरेर ‘साइबर सर्कल’ बनाइने बनाउने तयारी गरीएको छ । सेना शब्दले द्वन्द्व र हिंसाको अर्थ दिने भएकाले नाम परिवर्तन गरिएको बस्नेतले बताए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले साइबर सर्कलको ८ गते भृकुटीमण्डपमा घोषणा गर्दै छन् ।
जनताको मुखमा साइबर सेना भन्ने थियो,’ बस्नेतले भने, ‘यसलाई औपचारिकता दिँदा सेना शब्द राख्दा अलि द्वन्द्व, हिंसा जोड्लान । त्यही भएर साइबर सर्कल राखौं भन्ने भयो ।’
साइबर सर्कल युवासंघ अन्तर्गत एउटा विभागका रूपमा रहने पनि बस्नेतले बताए । ‘यो युवासंघको एउटा विभागका रूपमा जान्छ,’ उनले भने, ‘युवासंघको मातहतका कमिटीमा विभागकारूपमा काम गर्छ ।’
प्रवासी नेपाली युवा मंच अष्ट्रेलियाका अध्यक्ष अरुण गौतमले समेत यो नाम फेरिनु निकै राम्रो र जनमानसमा एमालेप्रति को माया र सद्भाव बढेर जाने बिश्वपाटिलाई बताए त्यस्तै महासचिव अनिल खड़काले युवाहरू प्रविधिमैत्री हुनुपर्ने अहिलेको समयमा साईबर सर्कल राखनु निकै ख़ुशीको कुरा रहेको बताए उनले अन्तराष्ट्रिय स्तर बाट यस्को प्रशंसा गरेको समेत बताए ।