२०८१ चैत्र ८ शुक्रबार

रूपन्देहि समाज अष्ट्रेलियाको अधिवेशन सम्पन्न, अध्यक्षमा मुक्ति राम पोख्रेल ।

सिड्नी,✍️

रूपन्देहि, नेपाल घर भई हाल अष्ट्रेलियामा रहदै आएका नेपालीहरूको साझा संस्था रूपेन्दही समाज अष्ट्रेलियाको अधिवेशनले मुक्ति राम पोख्रेलको अध्यक्षतामा वर्ष २०२२-२०२४ को लागी २८ सदस्यीय नया कार्यसमिति चयन गरेको छ ।

मुक्ति राम पोख्रेलको नेतृत्वमा रहेको समाजको वरिष्ठ उपाध्यक्षमा शुशील नेपाल, उपाध्यक्षमा रोशन कोईराला, दिवाकर काफ़्ले, महासचिवमा रंजिता अधिकारी भण्डारी, सचिवमा रवि केसी र कोषाध्यक्षमा बिप्लब सापकोटा रहेका छन भने समाजको भाषा, कला तथा साहित्य बिभाग संयोजकमा सुचना पाण्डे र सह-संयोजकमा प्रदीप खनाल, जन-सम्पर्क अधिकृतमा सुरज खत्री, प्रोजेक्ट संयोजकमा राजन खड़का, आइटी कन्सलट्यान्टमा सरोज पाण्डे, खेलकुद बिभाग संयोजकमा सरोज पाठक र सह-संयोजकमा दिल खड़का, महिला बिभाग संयोजकमा सृजना खड़का गैरे र सह-संयोजकमा ग्रीष्मा पाण्डे रहेका छन भने समाजको सदस्यहरूमा पदम अधिकारी, मनोज सिलवाल, प्रदीप पन्थी, गायत्री पाठक पौडेल, बासु खरेल, भुवन रेग्मी, कमल अर्याल, नारायण भण्डारी, आनन्द अधिकारी, सपना गरूङ, आशिष घिमिरे र होम उपाध्याय गरी कुल २८ सदस्यीय रूपेन्दही समाज अष्ट्रेलिया वर्ष २०२२-२०२४ को कार्यसमिति चयन भएको छ । यस्तै समाजले सल्लाहकार समिति समेत गठन गरेको छ । जसको सदस्यहरुमा डा. प्रकाश पौडेल, डा. चीज श्रेष्ठ, चुन्ना क्षेत्री, मोहन पाण्डे, विक्रम अभय विश्वकर्मा, कमल भण्डारी, वीना पौडेल रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा एनआरएन अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ, बिशेष अतिथि एनआरएनए आइसिसीका उपाध्यक्ष मना केसी, प्रवासी नेपाली मंच अष्ट्रेलियाका सचिव शिशिर नेपाल, समाजका संस्थापक अध्यक्ष तथा सल्लाहकार राज खनाल, समाजका पूर्व अध्यक्ष कृष्ण गैरे, अतिथिहरूमा एनआरएनए अष्ट्रेलिया, न्यु साउथ वेल्स राज्यका उप-प्रमुख सुकृति भट्ट, एनआरएनए ओशेनिया क्षेत्रका पूर्व संयोजक धर्मराज अधिकारी, फेंका अष्ट्रेलियाका महासचिव डा. मधु पुडासैनी, प्रवासी नेपाली युवा मंच, अष्ट्रेलियाका अध्यक्ष अरुण गौतम, प्रवासी नेपाली मंच अष्ट्रेलियाका केन्द्रीय सदस्य एवं मल्टी ड़ाइनामिक रियल स्टेटका प्रमुख मेघराज पौडेल,फेंका न्यु साउथ वेल्स राज्यका अध्यक्ष बिष्णु हमाल, प्रवासी नेपाली मंच न्यु साउथ वेल्स राज्य अष्ट्रेलियाका सचिव शिव पौडेल, गुल्मी समाज अष्ट्रेलियाका अध्यक्ष भीम खरेल, अर्घाखाचि समाज नेपालका महासचिव मीन भुषाल, नाइफा पूर्व अध्यक्ष सागर अधिकारी, एनआरएनए अभियान्ता डिला खरेल, भीमसेन सापकोटा, डा. नारायण प्रधान, युवराज भट्टराई, अनीसास न्यु साउथ वेल्स प्रमुख ममता तिवारी, लगायतको सामाजिक अगुवाहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता समाजका निवर्तमान अध्यक्ष ईश्वर पोख्रेल, संचालन महासचिव दिवाकर काफ़्लेले गरेका थिए भने शुभकामना मन्तव्य भीमसेन सापकोटा, इंद्रा बन, अरुण गौतम, मेघराज पौडेल, इंद्रा बन, सुकृति भट्ट, बिष्णु हमाल, डा. मधु पुडासैनी, राज खनाल, धर्मराज अधिकारी, शिशिर नेपाल, मना केसी र प्रमुख अतिथि नन्द गुरुङ लगायतले समाजको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा करिव १५० बढ़ीको उपस्थिति रहेको थियो । कार्यक्रममा बिभिन्न सांस्कृतिक कार्यक्रमहरू समेत रहेको थियो ।

२०७८ मंसिर १९, आईतवार प्रकाशित 1 Minute 964 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार