२०८१ बैशाख १३ बिहीबार

अनेरास्ववियु पोखरा महानगरद्वारा हाजिरी जवाफ सम्पन्न, श्रीकृष्ण मावि प्रथम ।

अनेरास्ववियु पोखरा महानगर कमिटीद्वारा अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।

पोखरा महानगर भित्रका मावि स्तरीय बिधालय बिच आयोजना गरीएको प्रतियोगितामा पोखरा-७, मासबारमा अवस्थित श्री कृष्ण माविले प्रथम स्थान हासिल गरेको छ ।

उक्त प्रतियोगिताको अध्यक्षता गर्दै पोखरा महानगर कमिटीका संयोजक बिनोद भन्डारीले बिध्यार्थी समयमा आफ़्नो अध्ययन र शारीरिक बिकास गर्नु ठुलो कुरा रहेको साथै आजका बिध्यार्थीहरू भोलिको देश हाक्नेहरू समेत रहेको हुदा अध्ययनलाई अब्बल रुपमा अघी बढ़ाऊन सुझाव दिदै अतिथिहरू, प्रतियोगिता गर्न स्थान उपलब्ध गराउने श्री कृष्ण मावि बिध्यालयलाई र अन्य उपस्थिति जनाउने बिद्यालयहरू साथै सबै सबैमा कार्यक्रम सम्पन्न गर्नका लागी सहयोग गर्नुहुने प्रति आभार सहित धन्यवाद व्यक्त गरेका थिए ।

उक्त प्रतियोगितामा प्रमुख अतिथि नेकपा एमाले महानगर कमिटी अध्यक्ष दिलिप न्यौपाने, विशेष अतिथि वडा नम्बर १६ का अध्यक्ष जीवन प्रसाद आचार्य, अनेरास्ववियु स्थायी कमिटी सदस्य आशिर्वाद सुवेदी र अतिथिहरूमा नेकपा एमाले कास्की जिल्ला कमिटी सद्स्य सुर्य भन्डारी, अनेरास्ववियु गण्डकी प्रदेश सम्योजक, प्रकाश पौडेल, नेकपा एमाले महानगर कमिटी सदस्य, शेखर गौतम, अनेरास्ववियु कास्की जिल्ला कमिटीका अध्यक्ष बिजय पौडेल, प्रतीक्षा पौडेल, सन्जय पौडेल, महेन्द्र मन्नु, सुसान घिमिरे, स्मृति बराल,बिश्वदर्शन पराजुली, बिनय पराजुली, सन्तोष पोख्रेल र समाजसेवी डिल्लिराम बराल-रहेका थिए ।

उक्त प्रतियोगितामा कुल १४ ओटा बिद्यालयको सहभागिता रहेको थियो भने प्रथम हुन सफल श्रीकृष्ण मावि लाई नगद रु दश हजार, दोस्रो जनप्रिय मावि लाई रु सात हजार पाँच सय, तेस्रो सिद्धबराह मावि लाई रु पाँच हजार र सान्त्वना गोगन मावि लाई रु तिन हजार सहित प्रमाण पत्र प्रदान गरीएको थियो ।

प्रतियोगितामा स्वागत मन्तव्य पोखरा महानगर कमिटीका सह-संयोजक दुर्गानाथ लामिछाने (डिएन) र संचालन कमिटीका सचिव विराट दवाडिले गरेका थिए ।

२०७८ मंसिर २५, शनिबार प्रकाशित 1 Minute 623 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार