२०८२ बैशाख १५ सोमबार

२ हजारभन्दा बढी नेता-कार्यकर्ताहरू एमालेमा प्रवेश!

बॉके – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बॉकेको नरैनापुरमा आयोजित सभामा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य रामकुमार दीक्षितको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गर्नुहुने २ हजारभन्दा बढी नेता-कार्यकर्ताहरूलाई स्वागत गर्नुभएको छ
गाउँपालिकामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेलले जनताले रुचाएकै कारण अहिले एमालेविरुद्ध गठबन्धन भएको दाबी गर्नुभयो । “जनताले एमालेलाई रुचाएका कारण अन्य दलले एमालेसँग एक्लै चुनाव लड्न सक्ने अवस्था छैन्”, महासचिव पोखरेलले भन्नुभयो, “एक प्रकारले पार्टीविरुद्ध घेराबन्दी छ र नेतृत्वमाथि चौतर्फी हमला भइरहेको छ, एक हिसाबले भन्दा हाम्रो पार्टीलाई एक्लो बनाउने प्रयास पनि भएको छ ।”
एमालेले देश, जनता, राष्ट्र र परिवर्तनको पक्षमा राम्रो काम गर्दा चौतर्फी आक्रमण गरी एमालेलाई रोक्न गठबन्धन र घेराबन्दी भएको उहाँले प्रष्ट पार्नुभयो । महासचिव पोखरेलले आफू लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा बाँकेको नरैनापु्र गाउँपालिका क्षेत्रको शिक्षा, स्वास्थ्यलगायत समग्र विकासमा योजनाका साथ काम गरेको उल्लेख गर्नुभयो ।

२०७८ पुष १८, आईतवार प्रकाशित 1 Minute 335 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार