२०८० जेष्ठ २० शनिबार

रुसद्वारा सन् २०२१ मा १० भन्दा बढी रकेट परीक्षण फायरिङ !!

रुसको प्यासिफिक फ्लीटले गत वर्ष १० भन्दा बढी रकेट परीक्षण फायरिङ गरेको रुसी पूर्वी सैन्य कार्यालयले जानकारी दिएको छ।

प्रवक्ताका अनुसार सन् २०२१ मा प्यासिफिक फ्लीटमा जहाज संरचनाहरूद्वारा १० भन्दा बढी रकेट फायरिङ गरिएको थियो। परीक्षण फायरिङहरूमा रूसको आधुनिक फ्रिगेट मार्शल शापोश्निकोभद्वारा गरिएका दुई अभ्यासहरू समेत समावेश थिए।

गत अप्रिलमा फ्रिगेटले जापानको सागरमा कालिब्र क्रुज मिसाइलको सफल परीक्षण गरेको थियो।

त्यसैगरी डिसेम्बरमा मार्शल शापोस्निकोभले रुसको सबैभन्दा नयाँ एन्टि-सबमरिन कम्प्लेक्स ओटभेटको मिसाइलले जापानको समुद्रमा लक्ष्यित गरी परीक्षण गरिएको थियो।

२०७८ पुष १८, आईतवार प्रकाशित 1 Minute 127 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार