२०८१ बैशाख १३ बिहीबार

स्वास्थ्य मन्त्रालयको परिपत्र : कोरोना सङ्क्रमण फैलन नदिन पूर्वतयारी र सतर्कता बढाउनू!!

काठमाण्डाै – सरकारले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ थप फैलन नदिनका लागि आवश्यक पूर्वतयारीका साथै सतर्कता अपनाउन आग्रह गरेको छ । 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज आइतवार सबै जिल्ला स्वास्थ्य कार्यालय, प्रदेश स्वास्थ्य निर्देशनालय र पालिकालाई परिपत्र गर्दै ओमिक्रोन थप फैलन नदिन थप सावधानी अपनाउन निर्देशन दिएको हो । 
मन्त्रालयले स्वास्थ्य मापदण्डको पालना गर्न, समुदायमा जोखिम क्षेत्रहरू पत्ता लगाइ परीक्षणकाे दायरा बढाउन, कोभिड पहिचान भएकाहरूको उचित व्यवस्थापन गर्न, सीमा नाकामा ‘प्रोटोकल’ अनुसारको परीक्षण तथा व्यवस्थापन गर्नलगायतका निर्देशन दिएको छ । 
यस्तै भाइरसका नयाँ–नयाँ भेरियन्ट आउन सक्ने सम्भावना कायमै रहेको हुँदा स्वास्थ्य मन्त्रालयको निर्देशिका र जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न तथा भिडभाडमा मास्क लगाउन र खोप लगाउन छुटेका सबैलाई समयमा खोप लगाउनसमेत मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

२०७८ पुष १८, आईतवार प्रकाशित 1 Minute 184 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार