
पोखरा महानगरपालिका अन्तर्गतको समस्त युवाहरूको बिकासका निम्ति गठन भएको युवा परिषद को सदस्यमा पोखरा महानगर-८ सिमलचौर निवासी सुनिल खड़का सदस्यमा मनोनीत भएका छन ।
पोखरा महानगरपालिका युवा परिषदका कार्यकारी उपाध्यक्ष हरिबोल गौतमको अध्यक्षतामा सम्पन्न बैठकले सुनिल खड़का लाई मनोनीत गरेको हो । उनलाइ संघ संस्थाको तर्फ़बाट मनोनीत गरीएको हो उनी लगायत अन्य युवाहरू लाई बिभिन्न क्षेत्र बाट समेत मनोनीत गरीएको छ ।
सुनिल खड़का बिगत लामों समय देखी खेल क्षेत्र, बिभिन्न सामाजिक संस्थाहरूमा रहेर अगुवाईको भुमिका समेत निर्वाह गर्दै आएका छन । पेशाले शिक्षक रहे पनी उनी बिभिन्न बिधामा अगाड़ी रहेका छन ।
उनको महानगरको युवा परिषदमा प्रवेश गरे संगै पोखरामा रहेका बिभिन्न संघ संस्थाहरू संगको समन्वय र बिकासमा आफूले सकेको टेवा पुर्याउने बताए ।
यस अघी महानगरले पोखरा भित्र रहेका ३३ ओटा वडा बाटै संयोजक र अन्य गरी धेरै युवाहरू लाई युवा परिषदमा आवद्ध गराएको छ । महानगर भित्र रहेका समस्त युवाहरूलाई खेलकुद, शिक्षा, आवास र समाज परिवर्तनको यात्रामा लगाउन बिकास गर्ने उद्देश्यले अगाड़ी बढेको परिषदले सुरूवात देखी नै सामाजिक गतिविधिहरू गर्दै आएको छ ।