
माओवादी महासचिवका दाबेदार वर्षमान पुन आज स्वदेश फर्कँदै
काठमाडौं। नेकपा माओवादी केन्द्रका महासचिवका दाबेदार वर्षमान पुन आज (मंगलबार) स्वदेश फर्किँदै छन्। जन्डिसको उपचारका लागि चीनमा रहेका उनी नेपाल फर्किन लागेका हुन्।

उनी स्वदेश फर्किएपछि मात्रै माओवादीले पदाधिकारी चयन गर्ने छ। महाधिवेशनपछिको पहिलो केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पार्टीको पदाधिकारी पुनकै सहभागिता समेतमा छानिने बताएका थिए।
पुनले पार्टी महासचिवका रुपमा आफ्नो दाबी पेस गर्दै आएका छन्। अर्का नेता जनार्दन शर्मा पनि सोही पदका दाबेदार मानिन्छन्