२०८१ माघ १३ आईतवार

माओवादीले टुंग्यायो राष्ट्रिय सभाका उम्मेदवार : गण्डकीमा सुरेश आलेमगर, अन्य को-को ?

पोखरा । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारहरूको नाम टुङ्गो लगाएको छ ।

माओवादी अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार पार्टीले गण्डकीमा सुरेश आलेमगर (अन्य समूह), प्रदेश २ मा उर्मिला अर्याल र भरत सुनार (दलित), कर्णालीमा नरबहादुर विष्ट (अपाङ्ग÷अल्पसंख्यक) र सुदूरपश्चिममा जगत पार्की (दलित) लाई उम्मेदवार बनाएको छ ।
सोमबार बसेको माओवादीको केन्द्रीय समिति बैठकले राष्ट्रिय सभा सदस्यका उम्मेदवार चयन गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

सोही अनुसार प्रचण्डले मंगलबार बिहान उम्मेदवारको टुङ्गो लगाएको प्रचण्डको सचिवालयले जनाएको छ ।

आगामी माघ १२ गते हुने १९ पदको निर्वाचनका लागि आज उम्मेदवारी दिनुपर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।

२०७८ पुष २०, मंगलवार प्रकाशित 0 Minutes 162 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।