२०८१ बैशाख ८ शनिबार

राष्ट्रियसभा चुनावमा उम्मेदवारले कति खर्च गर्न पाउँछन्?

काठमाडौँ – यहीँ माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारले खर्च गर्न पाउने रकमको सीमा तोकिएको छ। निर्वाचन आयोगले एक उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने सीमा तोकेको हो।
आयोगका अनुसार उम्मेदवारले मतदाता नामावली खरिदमा १ सवारी साधन/घोडा ७० हजार र सवारी इन्धन (घोडा प्रयोग गरिएकोमा दानासमेत) १० हजार र प्रचार सामग्रीमा १४ हजार ५ सय रुपैयाँ खर्च गर्न पाउन तोकेको छ।
त्यस्तै ढुवानी १० हजार, गोष्ठी र अन्तरक्रिया १ लाख, अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यममा १४ हजार ५ सय, कार्यालय सञ्चालनमा ७० हजार, प्रतिनिधि परिचालन ३० हजार र विविध खर्च ३ हजार गरी ३ लाख ५० हजारको खर्च सीमा तोकिएको हो।
निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता भइसकेको छ। १९ पदका लागि ४३ जनाले उम्मेदवारी दिएका छन्।

२०७८ पुष २१, बुधबार प्रकाशित 0 Minutes 120 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार