२०८१ बैशाख ८ शनिबार

ओमिक्रोन भेरिएन्ट : विद्यालय बन्द गर्नबारे सिसिएमसिसी छलफल

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सिसिएमसिसी० व्यवस्थापन समितिको बैठकमा विद्यालय बन्द गर्नबारे छलफल भएको छ।ओमिक्रोन भेरिएन्टको संक्रमण बढ्न थालेपछि आइतबार बसेको सिसिएमसिसी व्यवस्थापनको बैठकमा विद्यालय बन्द गर्नबारे छलफल भएको हो। सिसिएमसिसीकी प्रवक्ता सुनिता नेपालले बैठकमा जाडो विदा लम्ब्याएर विद्यालय बन्द गर्नुका साथै अन्य विषयहरूमा छलफलमा भएको जानकारी दिइन्।
१८ वर्षमूनिका सबै बालबालिकालाई खोप दिन सकिएको छैन, माघ महिनाभित्र यस उमेर समूहका बालबालिकालाई खोप दिने लक्ष्य लिइएको छ,’ नेपालले आयोमेलसँग भनिन्,‘कतिपय विद्यालयहरू जाडो विदामा गइसकेको छ। कतिपय जाने तयारीमा छ। जाडो विदा लम्ब्याएर यस अवधिमा बालबालिकालाई खोप दिने विषयमा बैठकमा छलफल भएको छ।’नेपालले छलफलमा उठेका कतिपय निर्णय सिसिएमसिसी व्यवस्थापन समितिबाटै लागू गर्न सकिए पनि विद्यालय बन्द गर्ने जस्ता नीतिगत निर्णय नेपाल सरकारबाटै गर्नुपर्ने बताएकी छिन्।
जाडो विदा लम्ब्याएर १८ वर्षमुनिका सबै बालबालिकालाई खोपका लागि सदुपयोग गर्ने विषयमा बैठकमा छलफल भएको नेपालले जानकारी दिइन्।यो व्यवस्थापनको बैठक भएकोले विद्यालयमा विदा दिने निर्णय मन्त्रिपरिषदबाटै स्वीकृत गराउनुपर्ने उनले बताइन्।यसैगरी नाकामा कडाइ गर्नुका साथै नागरिकलाई कोरोनाको जोखिमबाट जोगिन स्वास्थ्यमापदण्ड पालना गर्न आग्रह गर्नबारे छलफल भएको उनले बताइन्।
१२ देखि १७ वर्षका बालबालिकालाई कोरोना खोप दिन आइतबारबाटमात्रै सुरू भएको छ।

२०७८ पुष २५, आईतवार प्रकाशित 0 Minutes 119 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार