२०८० आश्विन ७ आईतवार

पार्टीको विश्वास र मतदाताको माया सम्झेर उम्मेदवारी दिए : सुनार ।

गुल्मी । राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार कृष्ण सुनारले आफुलाई विजयी बनाउन सबै मतदातालाई अपिल गरेका छन् ।

तम्घासमा पत्रकार भेटघाट गर्दै उनले दलित समुदायको मुद्दालाई स्थापित गराउने र नागरिकको जनजिविकाको स्थितिमा सुधार ल्याउनका लागि सहयोग गर्न मतदातालाई अपिल गरे । उनले गठबन्धनका कारण परिणाममा जोखिम देख्दा पनि पार्टीको विश्वास र मतदाताको सहयोग सम्झेर उम्मेदवारी दिएको बताए ।

उनले अहिलेको स्थितिमा केही मत कम भएपनि मतदाताको माया र विश्वासले विजयी हुने दाबी गरे । आफुलाई मतदान गर्न लुम्बिनी प्रदेशका प्रदेश सभाका सदस्य, समन्वय समितिका प्रमुख/उपप्रमुख र पालिकाका प्रमुख/उपप्रमुखलाई आग्रह गरे ।

व्यक्तिगत जीवन सधै राजनीति र समाजसेवामा समर्पित गरेको अवस्थामा जातिय हिसाबले दलित र जातीय छुवाछूतको न्यूनीकरण र नागरिक भएर बाच्ने अवस्था सिर्जना गर्न आफुले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने सुनारले बिश्वपाटिलाई बताए ।

२०७८ पुष २६, सोमबार प्रकाशित 0 Minutes 134 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।