२०८१ बैशाख ७ शुक्रबार

कालिज मार्न जाँदा आफ्नै साथीलाई लाग्यो गोली,गयो ज्यान, समातिए ६ जना ।

वालिङ ,पुस २५ गते :
स्याङ्जाको आँधीखोलामा आफ्नै साथीको हत्यामा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । गएको मंगलबार आँधीखोला १ को कालिखर्क जंगलमा बन कुखुरा मार्न गएका ७ जना मध्ये एक जनाको ज्यान गएको थियो । अवैध भरुवा बन्दुक सहित जंगल गएकाहरु मध्ये आँधीखोला १ का २७ बर्षीय मनोज बिकको गोली लागेर घटनास्थलमा नै मृत्यु भएको प्रहरीको भनाई छ ।
घटना लगत्तै आँधीखोला १ का सूर्य भीम बहादुर सुनार, सुनिल बिक,रेवत पौडेल, धन बहादुर बिक पक्राउ परेका थिए । घटना पश्चात फरार रहेका थप दुई जनालाई रुपन्देहीको बुटवल बसपार्कबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुशार फुननारायण अधिकारी र साजन कामीलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका ६ जनालाई नै जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्धा दर्ता गरी अनुसन्धान शुरु गरिएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

२०७८ पुष २६, सोमबार प्रकाशित 0 Minutes 323 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार