२०८३ असार २८ आईतवार

पूर्व राजा ज्ञानेन्द्रले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने

काठमाडौं: पूर्वाराजा ज्ञानेन्द्र शाह पृथ्वी जयन्तीको अवसरमा सिंहदरवारको मूल गेटस्थित पृथ्वी नारायण शाहको शालिकमा मल्यार्पण गर्ने भएका छन्। पूर्वराजाका संवाद सचिव फणिराज पाठकका अनुसार पुस २७ गते अपरान्ह साढे १२ बजे मल्यार्पण गर्ने कार्यक्रम रहेको छ।
महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव ३००औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस अर्थात् पुस २७ गते मंगलबार दिनको १२:३० बजे सिंहदरवारको मूल गेट अगाडि रहेको श्री ५ बडामहाराजधिराज पृथ्वी नाराषण शाहको शालिकमा माल्यार्पण गर्न सवारी होइबक्सने कार्यक्रम रहेको छ,’ पाठकद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

२०७८ पुष २६, सोमबार प्रकाशित 1 Minute 340 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।